समाचार

सरोकारवाला निकाय के गर्दैछ ? पढ्न छाडेर मजदुर गर्नुपर्ने बाध्यतामा बालबालिका (फोटोसहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ चैत । म्याग्दीमा बालबालिकाहरु विद्यालय छाडेर निकृष्ट श्रम गर्न बाध्य बनेका छन् । विद्यालयमा पढ्न छाडेर ज्याला मजदुरी गर्ने बालबालीकाहरु आधारभुत शिक्षाबाट बञ्चित हुनुका साथै उनिहरुको स्वास्थ्यमा असर परेको छ । कानुनमा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई ज्याला मजदुरीको काममा लगाउन नपाउने व्यवस्था भएपनि म्याग्दी सदरमुकाम बेनी र आसपासका क्षेत्रमा […]

बेनी–अर्थुङ्गे सडक आयोजनाले गती लिन सकेन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ चैत । म्याग्दीको बेनी–पाखापानी सडक आयोजना अन्तरगत पहिलो चरणको बेनी–अर्थुङ्गे देउराली खण्डको कामले गति लिन सकेको छैन् । भुकम्प, नाकाबन्दी र ईन्धन अभावका कारण प्रभावित बनेका अन्य विकास आयोजनाहरुको कामले तिब्रता पाएपनि सदरमुकाम बेनीदेखि मध्य म्याग्दीका बस्तीहरुलाई जोड्ने उक्त सडकको प्रगति सुस्त देखिएको छ । आगामी बैशाख १६ गतेसम्म अन्तिम […]

राममन्दिरमा आयोजित महायज्ञको तेस्रो दिनसम्म करिब आठ लाख संकलन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ चैत । पर्वतको माझफाँट ८ जयालेमा रहेको राममन्दिरमा सञ्चालित श्रीमद् भागवत रामनवमी महामहोत्सवको तेस्रो दिनसम्म करिब आठ लाख रुपैया सहयोग संकलन भएको छ । राष्ट्रिय परोपकार महासंघद्धारा संरक्षित राममन्दिरको सर्वाङगीण विकासका लागि रामनवमी पर्वको अवसरमा आयोजित महायज्ञको तेस्रो दिनसम्म सात लाख ८० हजार १५२ रुपैया संकलन भएको आयोजकले जनाएका छन् […]

म्याग्दी बहुमुखी क्याम्पसलाई शैक्षिक गुणस्तरमा नमुना बनाइने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ चैत । सदरमुकाम बेनीमा रहेको जिल्लाको पहिलो म्याग्दी बहुमुखी क्याम्पसलाई शैक्षिक गुणस्तरमा नमुना बनाउने योजना अघि सारीएको छ । क्याम्पस स्थापना भएको २५ वर्ष पुरा भएको अवसरमा आईतबार आयोजित रजत जयन्ती समारोहमा शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) अवधारणामा अघि बढ्न लागिएको जानकारी गराइएको हो । प्रगति […]

म्याग्दी उद्योग वाणिज्य संघ देशकै उत्कृष्ट दोस्रो स्थानमा

विकल्प न्यूज/बेनी म्याग्दी,चैत २८ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघ देशभरका उद्योग वाणिज्य संघलाई उछिन्दै उत्कृष्ट दोस्रो स्थानका रुपमा सम्मानित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको पचासौ वार्षिक साधारणसभाका अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले संस्थागत विकास र व्यसाय प्रवद्र्धन विधामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मानित भएको  उवासंघ म्याग्दीका महासचिव राजेश […]

म्याग्दीमा जमिन बाँझो राख्नेलाई जरिवाना गरिने

विकल्प न्यूज/बेनी चैत २८ गते । म्याग्दीमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना गरिने भएको छ । हालै सम्पन्न २४ औ जिल्ला परिषद्ले खेतीयोग्य जमिन बाँझो राख्ने समस्या न्युनीकरणका लागि यस्तो निर्णय गरेको हो । कृषियोग्य जमिनको बढीभन्दा बढी उपयोग गर्दै जमिन बाँझो राख्ने प्रबृतिलाई निरुत्साहीत गर्न कडा नितिगत ब्यवस्था गरिएको जिविसले जनाएको छ । जिल्ला […]

भिरकाटे–दोवा सडकको आठ वर्षमा ट्याक खुल्यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ चैत । म्याग्दीको दोवा गाविसलाई सडक सञ्जालसंग जोड्ने भिरकाटे–दोवा सडक आयोजनाको ट्याक खोल्ने कार्य आठ वर्षमा पुरा भएको छ । वि.स २०६६ मा भिरकाटे देखि दोवा जोड््ने सडक निर्माण कार्य सुरु भएपनि कालीगण्डकी नदीमाथि मोटरेबल पुल नहुँदा पूर्णता पाउन सकेको थिएन् । बेनी–जोमसोम सडकको भिरकाटे स्थित कालीगण्डकी नदीमा यसैवर्ष मोटरेबल […]

फेसबुकको सहायताले नौमती बाजा सामाग्री खरिद

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ चैत । सूचना, सन्देश आदानप्रसाद र अभिव्यक्ती सार्वजनीक गर्नका लागि विश्वभर लोकप्रिय बनेको सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरेर म्याग्दीको मराङ गाविस ३ कल्लेनी गाउँका बासिन्दाले सामाजिक काम गरेका छन् । उनिहरुले फेसबुकको सहायताले आर्थिक स्रोत जुटाएर नौमती बाजा खरिद गरि परम्परागत संस्कृती जगेर्ना गर्न अग्रसर भएका हुन् । मगर समुदायको […]

दरवाङमा नेपाल मगर संघ गठन

विकल्प न्यूज/बेनी चैत २८ गते । म्याग्दीको दरवाङमा शनिबार नेपाल मगर संघको गाउँ ईकाई समिति गठन भएको छ । लेकबहादुर पुनको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा भिमकुमारी बुढाथोकी, सचिवमा हिराबहादुर पुन, सहसचिवमा देवराज जुक्जाली र कोषाध्यक्षमा रमती पुन चयन हुनुभएको छ । समितिको सदस्यहरुमा मालवती थापा, खिमबहादुर पुन, मनोज सिउथानी, देवि रोका, जागृत पुन, हरिप्रसाद […]

लियो क्लबको अध्यक्षमा लक्ष्मण कटुवाल

विकल्प न्यूज/बेनी चैत २८ गते । लियो क्लब अफ बेनी म्याग्दीको सन २०१६१७ को लागि लक्ष्मण कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ । क्लबको प्रथम उपाध्यक्षमा निर्मल खत्री, दितृय उपाध्यक्षमा ईश्वर बरुवाल, तितृय उपाध्यक्षमा मनोहर श्रेष्ठ, सचिवमा विशाल खत्री, कोषाध्यक्षमा सन्दिप खत्री, सहसचिवमा गोविन्द बानिया र सहकोषाध्यक्षमा ओस्कार श्रेष्ठ रहनुभएको छ । यसैगरी सदस्यता […]

विविध कार्यक्रमको आयोजना गरेर म्याग्दी बहुमुखी क्याम्पसको रजत जयन्ती मनाइदै

विकल्प न्यूज/बेनी म्याग्दी,चैत २७ गते । म्याग्दी बहुमुखी क्याम्पस स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा क्याम्पसले विभिन्न कार्यक्रम गरेर रजत जयन्ती मनाइरहेको छ । सदरमुकाम बेनीमा समुदायद्धारा सञ्चालित जिल्लाको पहिलो उक्त क्याम्पसले रजत जयन्तीको अवसरमा आयोजना गरेको उच्च मावि स्तरीय छात्र, छात्रा भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । छात्र भलिबलतर्फ माउन्ट एभरेष्ट आवाशिय उच्च […]

लायन्स कल्व अफ बेनी सिटीको अध्यक्षमा सुबिन श्रेष्ठ

विकल्प न्यूज/बेनी म्याग्दी २७ चैत । लायन्स कल्व अफ बेनी सिटीको तेस्रो अधिवेशन तथा साधारणसभाबाट वर्ष २०१६/१७ का लागि सुबिन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कल्वको प्रथम उपाध्यक्षमा राजकुमार थापा, दितृय उपाध्यक्षमा ईश्वर श्रेष्ठ, दितृय उपाध्यक्षमा विनय श्रेष्ठ, सचिवमा अमित बानिया, कोषाध्यक्षमा गंगा शेरचन, सहसचिवमा राजेश शाक्य र सहकोषाध्यक्षमा बिग्नेश श्रेष्ठ रहनुभएको […]

“महिला विकासका लागि आर्थिक सशक्तीकरण”

विकल्प न्यूज/बेनी चैत २६ गते । नेकपा एमालेका केन्द्रीय सदस्य पद्मा अर्यालले संविधानको कार्यान्वयनसँगै महिलाहरुको आर्थिक सशक्तीकरण गर्नुपर्ने बताएकी छिन् । अखिल नेपाल महिला संघ म्याग्दीले आयोजना गरेको जिल्लास्तरीय अगुवा महिला कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको बिहीबार बेनीमा उद्घाटन गर्दै उनले अबको महिला आन्दोलनको दिशा आर्थिक उपार्जनसहित व्यावसायिकरण हुनुपर्ने बताएकी हुन् । अनेमसंघका केन्द्रीय सदस्य […]

पर्वत माझफाँटको राममन्दिरमा रामनवमी महोत्सव सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २६ चैत । पर्वतको माझफाँट ८ जयालेमा रहेको राममन्दिरमा शुक्रबारदेखि श्रीमद् भागवत रामनवमी महामहोत्सव सुरु भएको छ । राष्ट्रिय परोपकार महासंघद्धारा संरक्षित राममन्दिरको सर्वाङगीण विकासका लागि रामनवमी पर्वको अवसरमा सुरु भएको महोत्सवको पुर्वराज्यमन्त्री डम्मरबहादुर मल्लले उद्घाटन गर्नुभयो । महायज्ञ उद्घाटन हुनुपुर्व बेनीको शिवालय मन्दिर परिसरबाट गलेश्वर हुदै राममन्दिर क्षेत्रसम्म कलशयात्रा गरिएको […]

सिण्डीकेटको प्रभाव कम भएपछि सवारी आवागमन सहज

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २६ चैत । ट्याक खुलेको एक दशकपछि हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसंग जोड्ने बेनी–जोमसोम सडकमा स्थानीय यातायात ब्यवसायीको एकाधिकार तोडीन थालेको छ । उच्च सरकारी अधिकारी, स्थानीय प्रहरी प्रशासनको पहल, पर्यटन तथा होटल ब्यवसायी र नागरीक समाजबाट सिर्जना भएको तिब्र दवावका कारण वि.स २०६३ मा ट्याक खुलेको ७६ किलोमिटर दुरीको […]