ताजा समाचार:
Search

सडकमा खसेको पहिरोले बस्तीलाई जोखिम

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २४ साउन ।
म्याग्दी सदरमुकाम बेनी बजारको मंगलाघाट जोड्ने उपल्लो सडकमा खसेको पहिरोले नजिकैको सुकम्बासी र कर्मचारी आवास क्षेत्रमा जोखिम बढेको छ ।

करिब ६ सय मिटर दुरीको सडकमा दश ठाउँमा पहिरो खसेको छ । तल र माथि दुबै तर्फबाट पहिरो खस्ने तथा डिलतर्फ चिरा परेर धाँजा फाटेकाले जोखिम बढाएको हो । केहीदिनअघि सोही सडकबाट आएको बाढी पसेर जिल्ला भुसंरक्षण, पशु सेवा, वन र सिचाई विकास कार्यालयको भवनमा क्षत्ती पुगेको थियो ।DSC02215पाखो भत्कीएर खसेको पहिरो सडकमा थुप्रिएको छ । ठूलो पानी पर्खा सडकमा थुप्रिएको पहिरो बाढी बनेर बस्ती र कर्मचारी आवास क्षेत्रमा पस्ने उच्च जोखिम रहेको सुकुम्बासी बस्तीका बासिन्दा रहमद खाँले बताउनुभयो । उहाँका अनुसार पहिरो र बाढी आउने क्रासले सुकम्बासी बस्तीका आठ घरपरिवार जाग्राम बसेर रात कटाउने गरेका छन् ।
सडक बिस्तार र स्तरवृद्धीका कारण कुनातर्फ संरक्षण नहुनु तथा डिलतर्फ फालीएको माटोले अहिले पहिरोको रुप लिएको हो । सो स्थानमा बेनीदेखि अर्थुङ्गे जाने सडकबाट आउने बाढी मिसीने गर्छ । स्थानीय बासिन्दाहरुले सडकमा खसेको पहिरो पन्छाउन र संरक्षणका लागि पर्खाल लगाउन माग गरेका छन् ।