ताजा समाचार:
Search

म्याग्दीमा बिरुवा रोपेर भू–संरक्षण दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २४ साउन ।
म्याग्दीमा सोमबार बिरुवा रोपेर ४२ औ भुसंरक्षण दिवस मनाइएको छ । दिवसका अवसरमा बेनी नगरपालिका ५ डम्मरा र १३ नम्बर वडामा पर्ने ठूलोखोलामा एक हजार तिन सय विभिन्न प्रजातीका बिरुवा रोपीएको जिल्ला भुसंरक्षण कार्यालयले जनाएको छ ।

जिल्ला भुसंरक्षण कार्यालयको आयोजना र डम्मरा आमा समूह, थाकन भालुखोला सामुदायीक वन उपभोक्ता समूह र डम्मरा बैकल्पीक खानेपानी तथा सरसफाई आयोजनाको सहयोगमा डम्मरामा सात सय बिरुवा रोपीएको हो । यसैगरी ठूलोखोलामा पनि स्थानीयबासीले पहिरोको जोखिम न्युनीकरणका लागि भुसंरक्षण दिवसको अवसरमा बिरुवा रोपेका छन् ।DSC02672डम्मरामा भएको बृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशव आचार्य, प्रहरी नायव उपरिक्षक विश्वराज खड्का, वन अधिकृत सुखलालप्रसाद जयसवाल, भुसंरक्षण अधिकृत दिवाकर पौडेल, श्रीबक्स गुल्मका सेनानी रमेश गुरुङ लगायत सुरक्षाकर्मी, कर्मचारी र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।

यसैगरी नेकपा एमालेका सचिव बालकृष्ण सुवेदी, नेकपा माओवादी केन्द्रका संयोजक गोविन्द पौडेलले पनि वृक्षारोपण कार्यक्रममा सहभागिता जनाउनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बिरुवा रोप्नेसंगै त्यसको संरक्षण र हुर्काउने विषयमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।DSC02667जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेलले भुसंरक्षणको महत्वका बारेमा सन्देश प्रवाह गराउने उद्देश्यले दिवस आयोजना गरिएको जानकारी दिनुभयो । मंगलबार अर्थुङ्गे स्थित श्रीबक्स गुल्म परिसरमा वृक्षारोपण गर्ने कार्यक्रम छ ।

भुक्षय, बाढी र पहिरोको समस्या न्युनीकरण गर्ने उद्देश्यले वि.स २०३१ साउन २४ गते वन मन्त्रालय अन्तरगत भुसंरक्षण विभाग स्थापना भएको अवसर पारेर प्रत्येक वर्ष साउन २४ गते भुसंरक्षण दिवस मनाउने गरिन्छ । यस वर्षको भुसंरक्षण दिवसको नारा ‘माटो, पानी जोगाऔ’ हरियाली बढाऔ’ भन्ने रहेको छ ।