ताजा समाचार:
Search

तामाङको परिवारलाई लिटिल गार्डेनको सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २४ साउन ।
पर्वत बेनीमा कपास उद्योग पहिरोले पुरीदाँ ज्यान गुमाएकी बालीकाको परिवारलाई बेनीको लिटील गार्डेन एकेडेमीले आर्थिक सहयोग गरेको छ ।

साउन १२ गते धौलागिरी कपास उद्योगमा खसेको पहिरोले लिटील गार्डेन एकेडेमीको कक्षा ४ मा अध्ययन गर्ने ११ वर्षिया अंकिता तामाङको मृत्यु भएको थियो । नुवाकोटबाट आएर उद्योग चलाएका तामाङ परिवार उद्योग पूर्ण रुपमा क्षत्ती हुँदा समस्यामा परेका थिए । Aankita Tamang ko Familly lai Helpतमाङका अभिभावक र अन्य दुई बालबच्चाको पठनपाठनमा सहयोगका लागि विद्यालयका विद्यार्थी खाजाखर्च कटाएर तथा शिक्षक, कर्मचारीबाट गरि ११ हजार रुपैया उपलब्ध गराइएको प्रिन्सीपल प्रशान्तराज खनालले बताउनुभयो ।

तामाङ परिवारको सहयोगका लागि विद्यालयले ग्लोवल आईएमई बैङ्कको बेनी शाखामा शिक्षिका गंगादेवी शर्मा र शिक्षक दिपक सुवेदीको नाममा ४८०७०१०००२५५० नम्बरको खाता खोलेको छ । सहयोगका लागि विद्यालयको तर्फबाट सार्वजनीक अपिल गरिएको संस्थापक बालकृष्ण सुवेदीले बताउनुभयो ।