ताजा समाचार:
Search

गलेश्वर लगायतका शिवालयहरुमा भक्तजनको भिड

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २४ साउन ।
साउन महिनाको चौथो सोमबार आज म्याग्दीको गलेश्वर लगायत देशभरका शिवालयहरुमा भक्तजनको भिड लागेको छ ।

कालीगण्डकी नदी माथि नौ रोपनी क्षेत्रफलमा फैलीएको चट्टानमाथि अवस्थित गलेश्वर मन्दिरको पुजाआजा र दर्शनका लागि म्याग्दीका विभिन्न गाविसका साथै पर्वत, बागलुङ, कास्की लगायतका ठाउँबाट पनि भक्तजन आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

पुजा र दर्शनलाई ब्यवस्थीत बनाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी र स्थानीय स्वमसेवक परिचालन भएका थिए । गलेश्वरमा पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ ।DSC02696

साउन महिनाको सोमबार बिवाहीत महिलाहरुले पारिवारीक सुख र अबिवाहीतले राम्रो बैवाहिक सम्बन्धको कामना गरेर व्रत वस्ने र शिवालयहरुमा पुजाआजा गर्ने चलन रहेको छ । यस वर्षको साउन महिनामा पाँच वटा सोमबार परेको छ ।

यसैगरी बोलबम काबरीया संघ म्याग्दीको आयोजनामा सोमबार बेनीदेखि गलेश्वरसम्म बोलबम यात्रा गरिएको छ । म्याग्दी र कालीगण्डकी नदी किनारबाट जल बोकेर पदयात्रा गर्दै उनिहरु गलेश्वर पुगेर जल चढाएका थिए ।

बोलबमको ध्वनी गुन्जाएर उमंगको भावमा गेरु वस्त्रधारीहरु नदीबाट जल लिएर खाली खुट्टा पैदल हिडेर शिवालयमा पुगी अर्पण गर्दछन् । बेनीमा बसोबास गर्ने मधेशी समुदायले विगत तिन वर्षदेखि कालीगण्डकी र म्याग्दी नदीको दोभानदेखि गलेश्वरसम्म बोलबम यात्रा गर्दै आएका छन् ।