म्याग्दी मिडिया सोसाईटीलाई मैत्रीपूर्ण फुटसलको उपाधि


विकल्प न्यूज\बेनी
बैशाख २१ गते ।


मार्स मल्टी मिडिया हाउस प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको शुभाम्भरको अवसरमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ ।


विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शनिबार प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको उद्घाटन गदैं स्थानीय सञ्चारमाध्यमको प्रर्वधनका लागि सधै साथमा रहेको बताउनुभएको थियो ।


नेपाल पत्रकार महासंघ म्याग्दीका पूर्व अध्यक्ष समेत रहनुभएका प्रमुख केसीले सञ्चारमाध्यमले आलोचना र प्रशंसा सत्यताको आधारमा गर्नुपर्नेमा जोड दिनुभयो । शुभारम्भको अवसरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दीमा अध्यक्ष हरिकृष्ण गौतम,म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष अमित विश्वकर्मा, लोकदोहोरी गित प्रतिष्ठानका अध्यक्ष धुब्र जिसी लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच म्याग्दी टाइम्सको शुभारम्भको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि मिडिया सोसाईटीले जितेको छ । पहिलो चरणको खेलमा नेपाल पत्रकार महासंघ म्याग्दी ए र लोकदोहोरी गित प्रतिष्ठान म्याग्दी बिच भएको खेलमा दुईका विरुद्ध ६ गोल गर्दै पत्रकार महासंघ फाइनलमा प्रवेश गरेको थियो । त्यसैगरी पत्रकार महासंघ बि र म्याग्दी मिडिया सोसाईटी बिच भएको खेलमा २ का बिरुद्ध ९ गोल गदैं म्याग्दी मिडिया सोसाईटीले फाइनलको यात्रा तय गरेको थियो ।

फाइनलमा नेपाल पत्रकार महासंघ म्याग्दी ए र म्याग्दी मिडिया सोसाईटी बिचको खेलमा २ का बिरुद्ध ३ गोल गदैं म्याग्दी मिडिया सोसाईटीले प्रथम म्याग्दी टाइम्स फुटसलको उपाधी जितेको छ ।


प्रतियोगितामा सर्वाधिक गोलकर्ता म्याग्दी मिडिया सोसाईटीका किरण कार्की र उत्कृष्ट खेलाडी पत्रकार महासंघका गोलरक्षक कृष्ण कार्की घोषित भएका थिए । विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का र मार्स मल्टी मिडिया हाउस प्रालिका अध्यक्ष शिव बोहोराले ट्रफी,मेडल वितरण गर्नुभएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *