ताजा समाचार:
Search

म्याग्दी क्याम्पसमा शैक्षिक तथा धार्मिक महोत्सव आयोजना हुने

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी, २४ साउन ।
म्याग्दी बहुमुखी क्याम्पसमा प्राविधिक विषय र स्नाकोत्तर तहको पठनपाठन सञ्चालनका लागि आयस्रोत जुटाउन शैक्षिक तथा धार्मीक महोत्सव आयोजना हुने भएको छ ।

आगामी कात्तिक २५ देखि मंसिर २ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारीका विषयमा आईतबार क्याम्पसमा सरोकारवालाहरुबीच छलफल तथा अन्तरक्रिया गरिएको छ । महोत्सवका प्रमुख बाचक पण्डीत दिनबन्धु पोख्रेलको उपस्थितीमा छलफल गरिएको हो ।mmc mahayz (3)

देशभर १०१ क्याम्पसहरुमा प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने योजनामा म्याग्दी क्याम्पस पनि समावेश गरिएको पण्डीत पोखरेलले बताउनुभयो । महोत्सवमा १५० जना भन्दा धेरै स्वमसेवक परिचालन गरिने धु्रवशरण बस्यालले बताउनुभयो ।

क्याम्पस प्रमुख टिकाराम सापकोटाले महोत्सवबाट संकलन हुने रकम म्याग्दी क्याम्पसमा प्राविधिक विषय र स्नातक तहको पठनपाठन सञ्चालन गर्न परिचालन गरिने बताउनुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समितिका पदाधीकारी, प्रध्यापक, अभिभावक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।