समाचार
बेगखोला र देविस्थानका बाढी पहिरो पीडितहरुका लागि सहयोग जुट्दै

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ भदौ । म्याग्दीको बेगखोला र देविस्थानका बाढी पहिरो पीडितहरुको लागि मंगलबार पनि विभिन्न क्षेत्रबाट आर्थिक तथा जिन्सी सामाग्री सहयोग प्राप्त भएको छ । लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीले बेगखोलाका बाढी पीडितहरुलाई १२ बण्डल जस्तापाता सहयोग गरेको छ । कल्वका बाबुराम अधिकारीको नेतृत्वमा आएको टोलीले बाढीले घर बगाएपछि […]
कोरला नाका खोल्ने विषयमा हल्ला जति काम भएन्

निरज थकाली/विकल्प न्यूज मुस्ताङ, २० भदौ । मुस्ताङमा अवस्थित नेपाल र चीनबीचको कोरला नाका सञ्चालनमा ल्याउने चर्चा चलेको धेरै समय बिते पनि यसका लागि काम भने मन्द गतिमा मात्रै अघि बढेको छ । नाका सञ्चालनसँगै नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिनुका साथै नेपालमा विकासका धेरै सम्भावना खोलिने अनुमान गरिए पनि भौगोलिक अवस्थिति लगायतका धेरै कारणबाट नाका […]
देविस्थानका पहिरो पीडितलाई सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ भदौ । म्याग्दीको देविस्थान ५ घरथोकका पहिरो पीडितलाई नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववीयु क्रान्तिकारीले आर्थिक सहयोग गरेको छ । गत शनिबार पहिरोमा पुरीएर ज्यान गुमाएका ओमप्रसाद भट्टचन र घर पुरीएर विस्थापित भएका कलीमा बुढाथोकीको परिवारलाई दशदश हजार रुपैया नगद सहयोग गरेको हो । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक […]
म्याग्दीमा बजार अनुगमनमा तिब्रता

विकल्प न्यूज/बेनी म्याग्दी २० भदौ । चाडपर्व नजिकिदै जाँदा म्याग्दीमा स्थानीय प्रशासनले बजार अनुगमनमा तिब्रता दिएको छ । चाडपर्वको मौका छोपेर हुने महँगी, कृतीम अभाव, कालोबजारी, अखाद्य र म्याद नाघेका बस्तुका विक्री वितरण नियन्त्रण गर्न बजार अनुगमनलाई तिब्रता दिइएको हो । पसल तथा ब्यवसायलाई दर्ता गर्न दवाव दिने, करको दायरामा ल्याउन र ब्यवसायीलाई सचेत बनाउनु […]
शोककाब्य ‘चन्द्रे’ बिमोचन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २० भदौ । म्याग्दीका अग्रज साहित्यकार पण्डित प्रेमप्रकाश पौडेलद्धारा लिखित शोककाब्य ‘चन्द्रे’को सोमबार बेनीमा बिमोचन गरिएको छ । म्याग्दी साहित्य सञ्चारद्धारा प्रकाशीत बुलबुल साहित्यिक पत्रिकाद्धारा आयोजित कार्यक्रममा साहित्यकार काजी रोशनले शोककाब्यको बिमोचन गर्नुभएको हो । वेपत्ता अवस्थामा रहेका चन्द्र नाम गरेका आफन्तको सम्झनामा पौडेलले लेख्नुभएको शोककाब्य तेस्रो कृती हो । ७७ […]
श्रमदान गरेर बेगखोलामा काठको साघु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २० भदौ । बाढीले सडक, बेलीब्रिज र झोलुङ्गे पुल बगाएको म्याग्दीको बेगखोलामा सोमबार काठको अस्थाई साघु बनाएर आवत जावत गर्ने ब्यवस्था मिलाइएको छ । बेगखोलामा भदौ १६ गते राती आएको बाढीले सडक, पदमार्ग र पुल बगाएपछि म्याग्दीको उत्तरी भेगका दश गाविसका साथै मुस्ताङका बासिन्दा, तिर्थयात्री र पर्यटकहरु समस्यामा परेका थिए । […]
बेगखोला र देविस्थानका बाढी पहिरो पीडितलाई दुवईबाट ३५ हजार सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २० भदौ । बेगखोला र देविस्थानका बाढी पहिरो पीडितहरुलाई दुवईमा रहेका म्याग्देलीहरुले ३५ हजार रुपैयाँ सहयोग पठाएका छन् । म्याग्देली नेपाली प्रवासी संघ (मोना) दुवईले बेगखोलाका बाढी पहिरो पीडितलाई २५ हजार र देविस्थानका पहिरो पीडितलाई दश हजार रुपैयाँ सहयोग गरेका हुन् । मोना दुवईका कोषाध्यक्ष कमल रेग्मीले ओमकुमारी शान्ति कोषलाई सहयोग […]
बेनीका सिन्द्धात क्षेत्रीद्धारा जन्म दिनमा शान्ती कोषलाई ११ हजार सहयोग

विकल्प न्यूज/बेनी भदौ २० गते । बेनीका एक बालकले आफ्नो जन्मदिनको अवसर पारेर परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग गर्नुभएको छ । बेनीका ११ वर्षिय सिद्धान्त क्षेत्रीले गरिव तथा विपन्नको उपचार र विपद् प्रभावीतहरुलाई सहयोग जुटाउदै आएको ओमकुमारी शान्ति कोषलाई नगद ११ हजार ११ रुपैयाँ सहयोग गर्नुभएको हो । उहाँले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा […]
निजामति दिवसको अवसरमा सरकारी कार्यालय सरसफाई

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २० भदौ । म्याग्दीमा सोमबार देखि विभिन्न कार्यक्रम गरेर निजामती सेवा दिवस २०७३ मनाउन सुरु गरिएको छ । दिवसको पुर्वसन्ध्यामा सदरमुकाम बेनी स्थित सरकारी कार्यालय परिसरमा सरसफाई गरिएको छ । कार्यलय प्रमुख देखि विभिन्न तहका कर्मचारीहरुले कार्यालय परिसरको झाडी र फोहोर मैला हटाउनुका साथै बगैचाको काँटछाट र गोडमेल गरेका थिए ।दिवसकै […]
जिविस म्याग्दी विवादीत बन्दै – एलडिओको कार्यशैली प्रति कर्मचारी नै रुष्ट

सन्तोष गौतम/विकल्प न्यूज भदौ २० गते । जिल्ला विकास समितिको कार्यालय म्याग्दीमा प्रक्रिया पुरा नगरी कर्मचारी भर्ना भएपछि विवाद उत्पन्न भएको छ । स्थानीय स्वायत्त शासन नियमावली २०५६ विपरीत खुल्ला प्रतिस्पर्धा नगराई कर्मचारी नियुक्त गरिएपछि अधिकांश कर्मचारी नियम मिचेर गरिएको कर्मचारी भर्नाको बिरोधमा उत्रिएका छन भने केही आफ्नो निर्णयको बचाउमा लागेका छन् । प्रतिस्पर्धाको आधारमा […]
बेनी–जोमसोम सडक खुलाउन पहल

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ भदौ । पहिरो र बाढीका कारण अवरुद्ध भएको बेनी जोमसोम सडक खुलाउन म्याग्दीका सरोकारवालाहरुले पहल थालेका छन् । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, सडक डिभिजन लगायत कार्यालय र राजनितिक दलहरुको आईतबार बसेको बैठकले जति सक्दो छिटो सडक सञ्चालन गर्न काम अघि बढाउने निर्णय गरेका हुन् । बेगखोलाको बाढी, भिरकाटे, जलथले […]
बेनीमा बर्खेनाचको समापन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी भदौ १९ गते । बेनी बजारमा एक महिना अघि सुरु भएको बर्खे नाचको आईतबार समापन गरिएको छ । भाषा मंका खल र ल्याम पूचको नेतृत्वमा प्रत्येक वर्षको श्रावण महिनाको घण्टाकर्ण चर्तुदशीदेखि हरितालीका तिज पर्वको दिनसम्म देखाउने गरिन्छ । बेनीको गणेश मन्दीरबाट सुरु भएको लाखे नाच बजार परिक्रमा गरि सोही ठाउँमा पुगेर […]
जिविसलाई प्रश्न ? कहाँ छ कर्मचारी भर्नामा मनपरि गर्ने अधिकार !
विकल्प न्यूज(टिप्पणी) बेनी भदौ १९ गते । जिल्ला विकास समितिको कार्यालयमा नियम मिचेर नयाँ कर्मचारी भर्ना गरेपछि जिविस म्याग्दी यतिखेर विवाद तानिएको छ । हुन त जिविस म्याग्दी विवादमा तानिएको यो पहिलो होइन । हालै मात्र गरिएको जिविसको विवादास्पद निर्णयले फेरी जिविसलाई तताएको छ । जिविसमा रहेका साहयक पाचौ तह(सुुब्बा) सरका दुइ स्थायीपदहरुमा स्थानीय विकास […]
३८ जनाद्धारा रक्तदान, रक्तदाताहरुलाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ भदौ । नेपाल रेडक्रस दिवस २०७३ को अवसरमा आइतबार बेनीमा ३८ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीले आयोजना गरेको कार्यक्रममा ३८ युनिट रगत संकलन भएको हो । सो अवसरमा शाखाद्धारा वि.स २०६५ देखि बेनीमा सञ्चालित रक्तसञ्चार गृहमा दश पटक भन्दा बढी पटक रत्तदान गर्ने १० […]
म्याग्दीमा भित्रियो एक अर्ब भन्दा बढी रेमिट्यान्स

सन्तोष गौतम/म्याग्दी भदौ १९ गते । म्याग्दीेका बैंक तथा वित्तीय संस्थाका शाखाले एक वर्षको अवधिमा रु एक अर्बभन्दा बढी विप्रेषण (रेमिट्यान्स) भुक्तानी गरेका छन् । विसं २०७२ साउनदेखि २०७३ असार मसान्तसम्ममा ती शाखाले रु एक अर्ब सात करोड ६५ लाख ५० हजार रेमिट्यान्स भुक्तानी गरेका नेपाल राष्ट्र बैङ्कको पोखरा क्षेत्रीय कार्यालयले जनाएको छ ।कार्यालयका सहनिर्देशक […]