निजामति दिवसको अवसरमा सरकारी कार्यालय सरसफाई

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २० भदौ ।
म्याग्दीमा सोमबार देखि विभिन्न कार्यक्रम गरेर निजामती सेवा दिवस २०७३ मनाउन सुरु गरिएको छ ।

दिवसको पुर्वसन्ध्यामा सदरमुकाम बेनी स्थित सरकारी कार्यालय परिसरमा सरसफाई गरिएको छ । कार्यलय प्रमुख देखि विभिन्न तहका कर्मचारीहरुले कार्यालय परिसरको झाडी र फोहोर मैला हटाउनुका साथै बगैचाको काँटछाट र गोडमेल गरेका थिए ।DSC03629दिवसकै अवसरमा मंगलबार कार्यालय परिसरमा वृक्षारोपण गर्ने पनि कार्यक्रम रहेको कर्मचारी मिलन केन्द्रका अध्यक्ष रहनुभएका बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले जानकारी दिनुभयो ।

यसैगरी बुधबार बेनी बजारमा सन्देशमुलक प्लेकार्ड सहित ¥याली र समारोहको आयोजना गरेर दिवस मनाउने कार्यक्रम तय भएको रिजालले बताउनुभयो ।