३८ जनाद्धारा रक्तदान, रक्तदाताहरुलाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १९ भदौ ।
नेपाल रेडक्रस दिवस २०७३ को अवसरमा आइतबार बेनीमा ३८ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीले आयोजना गरेको कार्यक्रममा ३८ युनिट रगत संकलन भएको हो । सो अवसरमा शाखाद्धारा वि.स २०६५ देखि बेनीमा सञ्चालित रक्तसञ्चार गृहमा दश पटक भन्दा बढी पटक रत्तदान गर्ने १० जनालाई सम्मान गरिएको थियो ।DSC03593यसैगरी रत्तदान कार्यक्रम आयोजना गर्ने २२ वटा संस्थाहरुलाई पनि सम्मान गरिएको छ । म्याग्दीमा सबैभन्दा धेरैपटक सुरत केसीले ४४ पटक रक्तदान गर्नुभएको छ । केसीसंगै चन्द्र केसी, अरुण गर्बुजा, दिपक पौडेल, हिक्मत श्रेष्ठ, नरेश श्रेष्ठ, राजु केसी, हरि गिरी, यामबहादुर शाक्य र बिरेन्द्र श्रेष्ठले पनि केन्द्रमा दश पटक भन्दा बढी रक्तदान गर्नुभएको छ ।
केन्द्रमा गत आर्थिक वर्षमा १ सय ११ जनाले रक्तदान गरेका थिए । केन्द्र मार्फत एक सय जना भन्दा धेरै बिरामीले सुबिधा पाएका छन् । रक्तसञ्चार केन्द्र स्थापना भएपछि रगतको अभावमा उपचार प्रभावित हुने र बिरामीको ज्यान जाने समस्या समस्या हटेको छ । DSC03580रत्तदान एवं सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले विपद् ब्यवस्थापन र मानविय सेवामा रेडक्रसको भुमिकालाई अझ प्रभावकारी र व्यवस्था बनाउदै लैजानुपर्ने बताउनुभयो ।

शाखा सभापति लेखबहादुर हमालको अध्यक्षता, मन्त्री यामबहादुर चोखालको सञ्चालन र जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार केसीले मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा दिवसको महत्वका बारेमा उपमन्त्री सुरज केसीले प्रकाश पार्नुभएको थियो ।
दिवसको अवसरमा पक्षघातका बिरामी ओखरबोट १ की बालकुमारी शर्मा र ढाडको समस्या भएका बेनपा ५ डम्मराका ईन्द्रबहादुर श्रेष्ठलाई एकएक थान ह्वीईल चियर प्रदान गरिएको थियो ।