बेनीका सिन्द्धात क्षेत्रीद्धारा जन्म दिनमा शान्ती कोषलाई ११ हजार सहयोग

विकल्प न्यूज/बेनी
भदौ २० गते ।
बेनीका एक बालकले आफ्नो जन्मदिनको अवसर पारेर परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग गर्नुभएको छ ।

बेनीका ११ वर्षिय सिद्धान्त क्षेत्रीले गरिव तथा विपन्नको उपचार र विपद् प्रभावीतहरुलाई सहयोग जुटाउदै आएको ओमकुमारी शान्ति कोषलाई नगद ११ हजार ११ रुपैयाँ सहयोग गर्नुभएको हो । उहाँले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्यमा लगाउन राम्रो हुने भएकाले आफूले सहयोग गरेको क्षेत्रीले बताउनुभयो ।DSC03658 कोषका अध्यक्ष राजेश शाक्यको अध्यक्षता, सचिव लोकेश पुनमगरको सञ्चालन, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रकुमार केसी र मोना दुवईका सहसचिव कमल रेग्मीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्राप्त भएको सहयोग रकमलाई परोपकारी कार्यमा लगाउने अध्यक्ष शाक्यले बताउनुभयो । उहाँले क्षेत्रीको यस्तो उदाहरणिय कार्य समाजमा रहको अन्यले पनि सिको गर्न सके गरिव र आपत विपतमा परेकाहरुलाई दुःखमा मलम लगाउन सकिने अपेक्षा व्यक्त गर्नुभयो ।