म्याग्दीमा बजार अनुगमनमा तिब्रता

विकल्प न्यूज/बेनी
म्याग्दी २० भदौ ।
चाडपर्व नजिकिदै जाँदा म्याग्दीमा स्थानीय प्रशासनले बजार अनुगमनमा तिब्रता दिएको छ । चाडपर्वको मौका छोपेर हुने महँगी, कृतीम अभाव, कालोबजारी, अखाद्य र म्याद नाघेका बस्तुका विक्री वितरण नियन्त्रण गर्न बजार अनुगमनलाई तिब्रता दिइएको हो । पसल तथा ब्यवसायलाई दर्ता गर्न दवाव दिने, करको दायरामा ल्याउन र ब्यवसायीलाई सचेत बनाउनु पनि अनुगमनको उद्देश्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलले बताउनुभयो ।DSC03654सहायक प्रजिअ पोख्रेलको नेतृत्वमा सोमबार बेनीमा मदिरा जन्य पदार्थ बिक्री वितरण हुने पसलहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा ब्यवसाय दर्ता गर्न, मूल्य सूचि राख्न निर्देशन दिएको छ । अनुगमनमा प्रहरी, उद्योग वाणिज्य संघ, कोष तथा लेखा नियन्त्रकको कार्यालय, उपभोक्ता मञ्च र बेनी नगरपालिका कार्यालयका प्रतिनिधिको पनि सहभागिता रहेको थियो ।