श्रमदान गरेर बेगखोलामा काठको साघु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २० भदौ । बाढीले सडक, बेलीब्रिज र झोलुङ्गे पुल बगाएको म्याग्दीको बेगखोलामा सोमबार काठको अस्थाई साघु बनाएर आवत जावत गर्ने ब्यवस्था मिलाइएको छ ।
बेगखोलामा भदौ १६ गते राती आएको बाढीले सडक, पदमार्ग र पुल बगाएपछि म्याग्दीको उत्तरी भेगका दश गाविसका साथै मुस्ताङका बासिन्दा, तिर्थयात्री र पर्यटकहरु समस्यामा परेका थिए । Begkhola Aasthai Pulनेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा, म्याग्दी जिप तथा बस सञ्चालन समिति, म्याग्दी ट्याक्सी ब्यवसायी समिति, अनेरास्ववीयु म्याग्दीका अध्यक्ष प्रकाश पौडेल नेतृत्वको स्वमसेवक टोलीले काठको मुडा राखेर खोला तर्ने ब्यवस्था मिलाएको हो ।

एकै ठाउँमा बगेको खोलालाई सात वटा स साना खोल्सामा बाडेर बग्ने बनाई त्यही माथि मुडा तेर्साएर अस्थाई पुल बनाइएको अनेरास्वीयुका अध्यक्ष पौडेलले बताउनुभयो । खोलामा पुन बाढी नआउने अवस्थासम्म वारपार गर्न सक्ने गरी काठको मुडा राखिएको छ । Begkhola Aasthai Pul 1पुल नहुँदा बाढी आइरहेको बेगखोलामा जोखिमपूर्ण तरीकाले वारपार गर्नुपर्ने अवस्था रहेको थियो । सेना, प्रहरी र स्वमसेवकहरुले खोला पिठ्युमा बोकेर तथा हातमा समाएर खोला वारपार गराउदै आएका थिए ।

बेगखोला तिप्ल्याङ खण्डको बैकल्पीक बाटो तिप्ल्याङ, बादुक, औल, बेगखोला पैदलयात्रा गर्न कम्तीमा तिन घण्टा घुमाउरो बाटो हिड्नुपर्छ । बेगखोलामा बाढी आउने र कटान गर्ने क्रम नरोकीएकाले अवरुद्ध बेनी जोमसोम सडक मर्मतकार्य पनि सुरु हुन नसकेको बताइएको छ ।

सडक अवरुद्ध हुदाँ स्थानीयबासी, पर्यटक र तिर्थयात्री अलपत्र पर्नुका साथै मुस्ताङ र उत्तरी म्याग्दीमा उत्पादीत आलु निकासी हुन सकेको छैन् । आलु र स्याउ कुहीन थालेपछि कृषकहरु चिन्तित भएका छन् ।

मौसममा सुधार र बाढी रोकीएपछि कालीगण्डकीको धार परिवर्तन गराउने र सडक खुलाउने विषयमा सडक डिभिजन कार्यालय बागलुङसंग समन्वय भैरहेको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताउनुभयो ।

यसैगरी बेगका बाढी पहिरो पिडितहरुको सहयोगका लागि मोना बेल्जीयमले पठाएको ५१ ह्जार रुपैया राहत रकम सोमबार वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाईटीका जिल्ला शाखा सभापति लेखबहादुर हमालको टोलीले राहत रकम वितरण गरेको हो ।