बेनीमा बर्खेनाचको समापन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी भदौ १९ गते ।
बेनी बजारमा एक महिना अघि सुरु भएको बर्खे नाचको आईतबार समापन गरिएको छ ।
भाषा मंका खल र ल्याम पूचको नेतृत्वमा प्रत्येक वर्षको श्रावण महिनाको घण्टाकर्ण चर्तुदशीदेखि हरितालीका तिज पर्वको दिनसम्म देखाउने गरिन्छ । बेनीको गणेश मन्दीरबाट सुरु भएको लाखे नाच बजार परिक्रमा गरि सोही ठाउँमा पुगेर धार्मीक बिधी अनुसार कृष्णद्धारा घण्टाकर्ण नामको राक्षसको प्रतिकको बध गरि समापन गरिएको हो ।DSC03611बेनीमा नेवार समुदायको बसोबास रहेदेखिनै बर्खेनाच देखाउने चलन रहेको भाषा मंका खलका अगुवाहरुले बताएका छन् । परापुर्व कालमा समाजलाई दुख दिएको घण्टाकर्ण नामको राक्षसको स्थानीयबासीले बध गरेपछि साक्षसकी पत्नीले पती बियोगमा देखाएको चरित्रलाई बर्खेनाचमा कलात्मक रुपमा प्रस्तुत गरिन्छ । बर्खे नाच अन्तरगत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागीनी, रोपाइ र जोगी नाच देखाउने गरिन्छ ।