ताजा समाचार:
Search

देविस्थानका पहिरो पीडितलाई सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २१ भदौ ।
म्याग्दीको देविस्थान ५ घरथोकका पहिरो पीडितलाई नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववीयु क्रान्तिकारीले आर्थिक सहयोग गरेको छ ।

गत शनिबार पहिरोमा पुरीएर ज्यान गुमाएका ओमप्रसाद भट्टचन र घर पुरीएर विस्थापित भएका कलीमा बुढाथोकीको परिवारलाई दशदश हजार रुपैया नगद सहयोग गरेको हो । Devisthan Ko Pahairo Pidit Lai Akhil Krantkari ko help (2)नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक एवं पुर्व सांसद गोविन्द पौडेल, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुदिन पौडेल लगायत स्थानीय माओवादी नेताहरुको टोलीले सोमबार पीडितहरुकै घरमा पुगेर राहत हस्तान्तरण गर्नुभएको हो ।

राहत हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला संयोजक पौडेलले माओवादी जनताको दुख र सुखमा सधै संगै रहने बताउँदै विपद्को सबै मिलेर सामना गर्नुपर्ने र पीडितलाई सहयोग गर्न आव्हान गर्नुभयो ।

यसैगरी देविस्थानका पहिरो पीडितहरुलाई लायन्स कल्व अफ दरवाङले पनि आर्थिक सहयोग गरेको छ । कल्वका पदाधीकारीहरुको टोलीले पहिरो पीडितहरुलाई २५ हजार रुपैयाँ ँहस्तान्तरण गरेका हुन् ।