शोककाब्य ‘चन्द्रे’ बिमोचन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २० भदौ ।
म्याग्दीका अग्रज साहित्यकार पण्डित प्रेमप्रकाश पौडेलद्धारा लिखित शोककाब्य ‘चन्द्रे’को सोमबार बेनीमा बिमोचन गरिएको छ ।

म्याग्दी साहित्य सञ्चारद्धारा प्रकाशीत बुलबुल साहित्यिक पत्रिकाद्धारा आयोजित कार्यक्रममा साहित्यकार काजी रोशनले शोककाब्यको बिमोचन गर्नुभएको हो । वेपत्ता अवस्थामा रहेका चन्द्र नाम गरेका आफन्तको सम्झनामा पौडेलले लेख्नुभएको शोककाब्य तेस्रो कृती हो । DSC03646७७ औ जन्मदिनको अवसरमा तेस्रो कृती सार्वजनिक गर्नुभएका पौडेलले यसअघि सपना खण्डकाब्य र मातृभुमी प्रकाशन भैसकेको छ । शोककाब्यमा आफ्नो नजिकको आफन्त र मिल्ने साथी वेपत्ता हुदाको पिडालाई ब्याख्या गरिएको छ ।

साहीत्यकार रामप्रसाद सुवेदीले कृतीको समालोचना गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि काजी रोशन, साहित्यकारहरु धु्रबलाल शर्मा, शिव सस्मीत, अजयमिलन श्रेष्ठ, लेखकका पनाती प्रकाण्ड पौडेल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

म्याग्दी साहित्यिक सञ्चारका अध्यक्ष घायलश्रीको अध्यक्षता, शुशील थकालीको स्वागत र सुसन परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी स्रष्टाहरुले कबिता बाचन पनि गर्नुभएको थियो ।