बेगखोला र देविस्थानका बाढी पहिरो पीडितलाई दुवईबाट ३५ हजार सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २० भदौ ।
बेगखोला र देविस्थानका बाढी पहिरो पीडितहरुलाई दुवईमा रहेका म्याग्देलीहरुले ३५ हजार रुपैयाँ सहयोग पठाएका छन् ।

म्याग्देली नेपाली प्रवासी संघ (मोना) दुवईले बेगखोलाका बाढी पहिरो पीडितलाई २५ हजार र देविस्थानका पहिरो पीडितलाई दश हजार रुपैयाँ सहयोग गरेका हुन् । मोना दुवईका कोषाध्यक्ष कमल रेग्मीले ओमकुमारी शान्ति कोषलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । कोष मार्फत सहयोग वितरण गरिने जनाइएको छ ।DSC03661गत हप्ताको बाढी पहिरोले बेगखोलामा १५ र देविस्थानमा चार घरपरिवार प्रभावित भएका छन् । कार्यक्रममा कोषका संस्थापक अध्यक्ष चन्द्र केसी र अध्यक्ष राजेश शाक्यले बेगखोला पहिरो पीडितहरुको सहयोगका लागि कोषले अभियान थालनी गरेकाले सहयोग गर्न आग्रह गर्नुभएको थियो ।