ताजा समाचार:
Search

समाचार

म्याग्दीमा बालअधिकार दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ भदौ । म्याग्दीमा पनि बुधबार ‘सम्र्वद्धन बालअधिकारको  कार्यान्वयन संबिधानको’ भन्ने मुल नारा सहित राष्ट्रिय बालदिवस मनाइएको छ । दिवसको अवसरमा महिला तथा बालबालिका कार्यालय र गुड नेवर्स इन्टरनेशनलको सहयोगमा बालकल्याण समिति, नेपाल बाल संगठन र जिल्ला बाल सञ्जालको आयोजनामा ¥याली र औपचारीक समारोहको आयोजना गरिएको थियो । बेनी सामुदायिक […]

बेनीका दुई वटा युवा क्लब बीच एकता

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ भदौ । म्याग्दीको बेनीमा रहेका दुई वटा युवा क्लब बीच एकता भएको छ । कालीपुल युवा कल्व र युथ युनाईटेड युथ कल्बबिच एकता भएको हो । कालीपुलमा बुधबार आयोजित पत्रकार भेटघाटमा एकतापछि क्लबको नाम कालीपुल युनाईटेड क्लब राख्ने निर्णय भएको जानकारी गराइएको थियो । युथ युनाईटेड क्लबका अध्यक्ष धनबहादुर छन्त्यालले […]

प्रहरी मेरो साथी अभियान रत्नेचौरमा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ भदौ । प्रहरी मेरो साथी अभियान अन्तरगत मंगलबार बेनी नगरपालिका १ स्थित भानु मावीमा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा विद्यार्थीहरुलाई लागु औषध दुरुपयोग तथा विद्यमान कानुनी ब्यवस्थाका विषयमा सचेतनामुलक प्रशिक्षण र यस सम्बन्धि वृतचित्र देखाइएको थियो ।प्र्रहरी निरिक्षक कृष्णकान्त अधिकारीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । […]

बेनीमा सिसीटिभी क्यामेरा जडान गर्ने तयारी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ भदौ । म्याग्दी सदरमुकाम बेनीमा सिसीटिभी क्यामेरा जडान गर्ने तयारी भएको छ । बेनी बजारको सुरक्षालाई थप सुदृढ, व्यवस्थित र अपराध नियन्त्रण गरि शान्ति सुरक्षा मजवुद बनाउने उद्देश्यले सिसीटिभी क्यामेरा जडान गर्न लागिएको हो । म्याग्दी उद्योग वाणिज्य संघको पहलमा बजारको विभिन्न चोक तथा नाकाहरुको निगरानीका लागि सिसीटिभी जडान गर्ने […]

म्याग्दीका मुस्लिम समुदायले पनि बकर ईद पर्व मनाए

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ भदौ । म्याग्दीमा बसोबास गर्ने मुस्लिम समुदायले मंगलबार बकर इद पर्व मनाउन सुरु गरेका छन । इस्लामिक क्यालेण्डर अनुसार हिजरी संवतको अन्तिम महिला जिलहिज्ज १० तारिखमा विश्वभरका मुस्लिम समुदायले पशु कुर्बानी दिएर बकर इद मनाउने गर्छन् । म्याग्दी र उत्तरी पर्वतमा बसोबास गर्ने मुस्लिम समुदाय पर्वत बेनीमा रहेको मस्जिदमा भेला […]

बेनीमा पर्यटन दुत बरुवाललाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ भदौ । बेल्जीयमका लागि पर्यटन दुत नियुक्त हुनुभएका शिवकुमार बरुवाललाई मंगलबार गृहजिल्ला म्याग्दीमा स्वागत तथा सम्मान गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघले हालै सरकारद्धारा पर्यटन दुतमा नियुक्त हुनुभएका घार घर भई हाल बेल्जीयममा बस्दै आउनुभएका बरुवाललाई सम्मान गरिएको हो । नेपालका पर्यटकीय स्थलको प्रचारप्रसार गरि बेल्जीयमबाट पर्यटक भित्र्याउन सन्देश […]

मूल्य सूची नराख्ने व्यवसायीलाई कारवाही हुने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ भदौ । बजार अनुगमन टोलीले बेनीका व्यवसायीहरुलाई पसलमा अनिवार्य मूल्य सूची राख्न र अद्यावधिक गर्न निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलको नेतृत्वमा सोमबार पुस्तकालयचोक देखि मंगलाघाट क्षेत्रका पसलहरुको अनुगमन गरेको टोलीले यस्तो निर्देशन दिएको हो । पसल दर्ता गर्न, पसलमा देखिने गरि मूल्य अद्यावधिक गरेर सूचि […]

मिलनचोकको कृष्णगंगा सहकारीद्धारा साढे तिन करोड लगानी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २७ भदौ । पर्वतको धाईरीङ ५ मिलनचोकमा रहेको कृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्षमा साढे तिन करोड रुपैयाँ लगानी गरेको छ । मिलनचोकमा सोमबार सम्पन्न आठौ साधारणसभामा गत वर्ष तिन करोड पचास लाख रुपैयाँ लगानी र तिन करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले १७ लाख रुपैयाँ खुद मुनाफा गरेको जानकारी […]

बाढी पहिरो पीडितलाई एक लाख भन्दा बढी सहयोग हस्तान्तरण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ भदौ । म्याग्दीको बेगखोला र देविस्थानका बाढी, पहिरो पीडितहरुलाई सोमबार एक लाख रुपैयाँ भन्दा बढी नगद सहयोग हस्तान्तरण गरिएको छ ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान, काठमाडौको गोगंबुमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था र पिप्ले ९ मौवाफाँट घर भई हाल काठमाडौमा रहनुभएका फडिन्द्र रिजालले एक लाख पाँच हजार […]

बेगखेलाका बाढी पहिरो पीडित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ भदौ । म्याग्दीको बेगखोलाका बाढी पीडित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । भदौ १६ गते राती आएको बाढीले घरसंगै शैक्षिक सामाग्री र पोशाक बगेपछि समस्यामा परेका विद्यार्थीहरुलाई गुड नेर्वस ईन्टरनेशनलले जिल्ला शिक्षा कार्यालयको समन्वयमा सहयोग गरेको हो । १४ जना विद्यार्थीहरुलाई किताब, कापी, कलम, पेन्सिल, इलेजर, ज्यामिती बक्स तथा […]

बसन्त बोगटीद्धारा बेगखोलाका बाढी पीडितलाई राहत सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २६ भदौ । म्याग्दीको बेगका बाढी पहिरो पीडितहरुलाई बसन्त बोगटी सदावर्त गुठी कोष सञ्चालक समितिले आर्थिक सहयोग गरेको छ । बेगखोलाका बाढी र बेगका पहिरो पीडित १३ परिवारलाई नगद तिस हजार रुपैयाँ राहत उपलब्ध गराएको कोषले जनाएको छ । कोषका पदाधीकारीहरुको टोलीले आईतबार बेगखोला बाढी पिडित सहयोग समितिका अध्यक्ष ओमकुमार सिङ्जालीलाई […]

उत्पादन मुलक क्षेत्रमा बेनी बचतको लगानी बढ्दै

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २६ भदौ । बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उत्पादनमुलक क्षेत्रमा आफ्नो लगानी बढाउँदै लगेको जनाएको छ । संस्थाको शनिबार सम्पन्न पन्ध्रौ वार्षिक साधारणसभा तथा छैठौ अधिवेशनद्धारा निर्बाचित नयाँ सञ्चालक समितिले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी गराएको हो । संस्थाले सामाजिक कार्यमा लगानी बढाउने बताएको छ । […]

म्याग्दीमा दुई वटा साहित्यिक संस्थाको एकता

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २६ भदौ । म्याग्दीमा रहेका दुई वटा साहित्यिक संस्थाहरुबीच एकता भएको छ । म्याग्दी साहित्य सञ्चार र सूवासना साहित्यिक सदनको एकता सहित प्रथम साधारणसभा तथा अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको हो । एकतापछि बनेको म्याग्दी साहित्य सञ्चारको अध्यक्षमा लोकनाथ भुषाल (घायलश्री) चयन हुनुभएको छ । शुशिल थकाली उपाध्यक्ष, सन्दिप खत्री सचिव, […]

म्याग्दीको गुर्जामा विद्युत सेवा अवरुद्ध

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, २५ भदौ । म्याग्दीको दुर्गम गुर्जामा रहेको ईङ्लेखोला लघुजलविद्युत परियोजना बन्द भएको छ । बाढीले बगाएपछि ३० किलोवाट क्षमताको परियोजनाबाट विद्युत उत्पादन बन्द भएको हो । शनिबार ईङ्ले खोलामा आएको बाढीले मुहानमा करिब बिस मिटर नहर बगाएको छ । नहरको संरक्षणका लागि १५ थान ग्यावियन भरेर लगाइएको पर्खाल पनि बाढीले बगाएको […]

धाईरिङमा जिप दुर्घटना हुँदा ३ को मृत्यु

विकल्प न्यूज/पर्वत भदौ २५ गते । पर्वतको धाइरिङमा जिप दुइर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । धाइरिङको धारापानीबाट मिलनचोक आउँदै गरेको ग  १ ज ५१०२ नम्बरको जिप शनिबार दिउँसो धाइरिङ ३ सल्यानको  ठूलोपहिरोमा दुर्घटना भएको हो । घुम्तीमा ब्रेक फेल भएपछी जिप सडकबाट दुई सय मिटर तल खसी दुर्घटना भएको स्थानीय राजु पौडेलले बताउनुभयो । दुर्घटनामा […]