म्याग्दीमा दुई वटा साहित्यिक संस्थाको एकता

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २६ भदौ ।
म्याग्दीमा रहेका दुई वटा साहित्यिक संस्थाहरुबीच एकता भएको छ । म्याग्दी साहित्य सञ्चार र सूवासना साहित्यिक सदनको एकता सहित प्रथम साधारणसभा तथा अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको हो ।

एकतापछि बनेको म्याग्दी साहित्य सञ्चारको अध्यक्षमा लोकनाथ भुषाल (घायलश्री) चयन हुनुभएको छ । शुशिल थकाली उपाध्यक्ष, सन्दिप खत्री सचिव, हिरा शर्मा कोषाध्यक्ष र समीर रोका सहसचिव रहनुभएको छ ।dsc03805संस्थाको सदस्यहरुमा प्रमीला पौडेल, श्रीलक्ष्मी शर्मा पौडेल, कृष्टी बानिया, शंकर चोखाल, बिभा ढुंगाना र तोपबहादुर कार्की चयन हुनुभएको छ । सो कार्यक्रममा अग्रज साहित्यकार गणनाथ पौडेल र चन्द्रबहादुर लामिछाने लाई सम्मान गरिएको थियो ।

समान उद्देश्य भएका धेरै संस्था भन्दा एउटै संस्था हुदा साहीत्यको विकासमा टेवा पुग्ने भएकाले एकता गरेको संस्थाका पदाधीकारीहरुले बताएका छन् । घायल श्रीको अध्यक्षता, चन्द्रबहादुर लामीछानेको स्वागत र सन्दिप खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

युवा लेखक तथा समिक्षक असफल गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहीत्यकारहरु शिव सस्मीत, प्रेमप्रकाश पौडेल, गणनाथ पौडेल, अजयमिलन श्रेष्ठ र शुशिल थकालीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।