जलजलाको लामाखेत स्थित वनमा भिषण डढेलो

विकल्प न्यूज/बेनी
बैशाख १८ गते । बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका केन्द्र रहेको लामाखेत नजिकैको धुलेको जंगलमा मंगलबार साँझ भिषण डढेलो लागेको छ । डढेलो लामाखेतको वस्ती नजिक आएको छ । भिषण डढेलो लागेकाले नियन्त्रणमा ल्याउन नसकिएको स्थानीयहरु बताउँछन् ।