बेनीमा पर्यटन दुत बरुवाललाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २८ भदौ ।
बेल्जीयमका लागि पर्यटन दुत नियुक्त हुनुभएका शिवकुमार बरुवाललाई मंगलबार गृहजिल्ला म्याग्दीमा स्वागत तथा सम्मान गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघले हालै सरकारद्धारा पर्यटन दुतमा नियुक्त हुनुभएका घार घर भई हाल बेल्जीयममा बस्दै आउनुभएका बरुवाललाई सम्मान गरिएको हो । नेपालका पर्यटकीय स्थलको प्रचारप्रसार गरि बेल्जीयमबाट पर्यटक भित्र्याउन सन्देश प्रवाह गर्ने जिम्मेवारी सहित पर्यटन मन्त्रालयले बरुवाललाई पर्यटन दुत नियुक्त गरेको थियो ।dsc03905म्याग्दीका सरकारी अधिकारी, राजनीतिक दलका अध्यक्ष र उद्योग वाणिज्य संघका पदाधीकारीहरुले बरुवाललाई सम्मान तथा स्वागत गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुले बरुवाल पर्यटन दुत हुनु जिल्लाको गौरव र अवसर भएकाले पर्यटन विकासमा सघाउ पुग्ने अपेक्षा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रजिअ केशवराज आचार्यले म्याग्दीमा पर्यटन विकास गर्न पुर्वाधारमा लगानी र प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो । पर्यटन दुत बरुवालले बाध्यताले बिदेशीनुपरे पनि आफ्नो देश र जन्मभुमिको विकासका लागि सरकारी दिएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका सचिव हरिकुमार श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका संयोजक गोविन्द पौडेल र राप्रपाका अध्यक्ष एकेन्द्र रावलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिबनबहादुर विश्वकर्माको अध्यक्षता तथा स्वागत, सचिव लिलाराम गौतमको सञ्चालन र बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यले समापन गर्नुभउको कार्यक्रममा पुर्व अध्यक्ष सुर्दशनकुमार श्रेष्ठले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।