बेनीका दुई वटा युवा क्लब बीच एकता

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २९ भदौ ।
म्याग्दीको बेनीमा रहेका दुई वटा युवा क्लब बीच एकता भएको छ । कालीपुल युवा कल्व र युथ युनाईटेड युथ कल्बबिच एकता भएको हो ।

कालीपुलमा बुधबार आयोजित पत्रकार भेटघाटमा एकतापछि क्लबको नाम कालीपुल युनाईटेड क्लब राख्ने निर्णय भएको जानकारी गराइएको थियो । युथ युनाईटेड क्लबका अध्यक्ष धनबहादुर छन्त्यालले एउटै कार्यक्षेत्र र समान उद्देश्य भएका क्लबहरुबीच एकता गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरिएको बताउनुभयो ।dsc03957यसैबीच कालीपुल युनाईटेड क्लबको आयोजनामा असोज १५ देखि २० गतेसम्म बेनीमा दोस्रो कालीपुल कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा बिजेता र उपबिजेता हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित एक लाख ११ हजार १११ र ६६ हजार ६६६ रुपैया पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ ।

सेमीफाइनलमा पुग्ने दुई टिमलाई एघार हजार १११ रुपैयाँका दरले नगद उपलब्ध गराइने प्रतियोगिताका संयोजक इपेन तिलीजाले बताउनुभयो । उहाँका अनुसार उत्कृष्ट खेलाडी, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकरलाई पनि ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद पाँच हजार ५५५ रुपैयाँ उपलब्ध गराइने भएको छ ।

कम्तीमा तिस टिम सहभागी हुने अपेक्षा राखिएको प्रतियोगिता सञ्चालन गर्न आठ लाख ७८ हजार ३२९ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । १२ लाख ९५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको प्रतियोगिता सञ्चालनबाट बचत भएको रकम कल्वको कोषमा राखेर सामाजिक काममा परिचालन गर्ने लक्ष्य राखिएको छ ।

कल्वका अध्यक्ष सन्तोष तिलीजाको अध्यक्षता, कृष्णकुमार विश्वकर्माको सञ्चालन र बिनोद केसीको सञ्चालनमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको थियो ।