प्रहरी मेरो साथी अभियान रत्नेचौरमा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २८ भदौ ।
प्रहरी मेरो साथी अभियान अन्तरगत मंगलबार बेनी नगरपालिका १ स्थित भानु मावीमा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा विद्यार्थीहरुलाई लागु औषध दुरुपयोग तथा विद्यमान कानुनी ब्यवस्थाका विषयमा सचेतनामुलक प्रशिक्षण र यस सम्बन्धि वृतचित्र देखाइएको थियो ।dpo-myagdiप्र्रहरी निरिक्षक कृष्णकान्त अधिकारीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । यसैगरी रत्नेचौरमा शान्ति सुरक्षाको अवस्थाका विषयमा समुदायसंग छलफल पनि गरिएको थियो ।
भदौ २ गते प्रहरी बिट स्थापना भएपछि रत्नेचौरमा अपराध र विकृतीजन्य क्रियाकलापमा कमी आएको र त्यस्तो घटना घटेको अवस्थामा अनुसन्धान गर्न सहज भएको स्थानीयबासीले बताएका थिए ।