बसन्त बोगटीद्धारा बेगखोलाका बाढी पीडितलाई राहत सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २६ भदौ ।
म्याग्दीको बेगका बाढी पहिरो पीडितहरुलाई बसन्त बोगटी सदावर्त गुठी कोष सञ्चालक समितिले आर्थिक सहयोग गरेको छ ।

बेगखोलाका बाढी र बेगका पहिरो पीडित १३ परिवारलाई नगद तिस हजार रुपैयाँ राहत उपलब्ध गराएको कोषले जनाएको छ । कोषका पदाधीकारीहरुको टोलीले आईतबार बेगखोला बाढी पिडित सहयोग समितिका अध्यक्ष ओमकुमार सिङ्जालीलाई नगद हस्तान्तरण गर्नुभएको थियो ।DSC02325कोषका उपाध्यक्ष बसन्त बोगटी, सचिव चिरञ्जिवी बोगटी (क), सहसचिव चिरञ्जिवी बोगटी (ख), कोषाध्यक्ष खड्ग बोगटी, सदस्यहरु गणेश बोगटी र अमर बोगटीको टोलीले राहत हस्तान्तरण गर्नुभएको हो । कोषले विपद् प्रभावित र धार्मीक क्षेत्रको प्रर्वद्धनमा सहयोग गर्दै आएको छ ।