धाईरिङमा जिप दुर्घटना हुँदा ३ को मृत्यु

विकल्प न्यूज/पर्वत
भदौ २५ गते । पर्वतको धाइरिङमा जिप दुइर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । धाइरिङको धारापानीबाट मिलनचोक आउँदै गरेको ग  १ ज ५१०२ नम्बरको जिप शनिबार दिउँसो धाइरिङ ३ सल्यानको  ठूलोपहिरोमा दुर्घटना भएको हो । घुम्तीमा ब्रेक फेल भएपछी जिप सडकबाट दुई सय मिटर तल खसी दुर्घटना भएको स्थानीय राजु पौडेलले बताउनुभयो ।14125529_662043240609770_951948122122954219_o

दुर्घटनामा परी मृत्यु हुनेमा बेनी नगरपालिका ४ ज्यामरुककोटकी ५५ वर्षीय राममाया दमाईको  घटनास्थलमा र  कास्की रिभान ९ की ६० वर्षीय दिलकुमारी बुढाथोकी र पर्वत धईरिङ ८ की ५५ वर्षीय हरिमाया पुनको उपचार गर्न अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको मिलनचोक प्रहरी चौकीले  बताएको छ । दुर्घटनामा परी गम्भिर घाइते हुने रिभान ९ की १४ वर्षीय अमृता पुन, रिभान ९ कै २१ वर्षीय लुकमाया बुढाथोकी, ४ वर्षीय निरज बुढाथोकी र २ वर्षीय निश्चल बुढाथोकीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको म्याग्दी अस्पतालले जनाएको छ । 14305285_662043120609782_5992840839671736539_o

त्यसैगरी सालिजा ९ का २० वर्षीय शिव पाईजा, धाइरिङ ८ की ९ वर्षीय पुजा परियार, ६० वर्षीय ढिके दर्जी , लुकमाया वि.क. र प्रकाश परियारको म्याग्दी अस्पतालमा उपचार भईरहेको छ । स्थानीयबासी र प्रहरीको सहयोगमा दुर्घटनामा परेकाहरुलाई उध्दार गरिएको स्थानीय राजु पौडेलले बताउनुभयो ।14242374_1068839286571033_6691836906460181416_o (तस्विर: राजु पौडेल)