म्याग्दीको गुर्जामा विद्युत सेवा अवरुद्ध

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी, २५ भदौ ।
म्याग्दीको दुर्गम गुर्जामा रहेको ईङ्लेखोला लघुजलविद्युत परियोजना बन्द भएको छ । बाढीले बगाएपछि ३० किलोवाट क्षमताको परियोजनाबाट विद्युत उत्पादन बन्द भएको हो । शनिबार ईङ्ले खोलामा आएको बाढीले मुहानमा करिब बिस मिटर नहर बगाएको छ । नहरको संरक्षणका लागि १५ थान ग्यावियन भरेर लगाइएको पर्खाल पनि बाढीले बगाएको गुर्जा गाविसका सामाजिक परिचालक झकबहादुर छन्त्यालले बताउनुभयो ।gurja-vdcवि.स २०६८ मा निर्माण भएको सो परियोजनाबाट गुर्जाका २२० घरधुरीले विद्युत सेवा उपभोग गर्दै आएका छन् । बर्षा रोकीएपछि मात्रै नहर मर्मत गर्न सकिने उपभोक्ता समितिले जनाएको छ । उक्त आयोजनाको बेयरिङमा खराबी आएपछि हालै करिब पचास हजार रुपैयाको लगानीमा मर्मत गरिएको थियो ।