ताजा समाचार:
Search

म्याग्दीका मुस्लिम समुदायले पनि बकर ईद पर्व मनाए

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २८ भदौ ।
म्याग्दीमा बसोबास गर्ने मुस्लिम समुदायले मंगलबार बकर इद पर्व मनाउन सुरु गरेका छन ।

इस्लामिक क्यालेण्डर अनुसार हिजरी संवतको अन्तिम महिला जिलहिज्ज १० तारिखमा विश्वभरका मुस्लिम समुदायले पशु कुर्बानी दिएर बकर इद मनाउने गर्छन् ।

म्याग्दी र उत्तरी पर्वतमा बसोबास गर्ने मुस्लिम समुदाय पर्वत बेनीमा रहेको मस्जिदमा भेला भएर शुभकामना आदानप्रदान, नमाज पाठ र धार्मीक प्रवचन गरेर बकर इद पर्व मनाएको मुस्लीम सेवा समाजका अध्यक्ष रहमद खाँले जानकारी दिनुभयो ।dsc03886यस वर्ष नेपालमा बसोबास गर्ने मुस्लिम समुदायले भदौ ३० गतेसम्म तीन दिन बकर इद मनाउने जनाइएको छ । बकर इदको पहिलो दिन बिहान इदगाहमा भेला भएर नमाज पढि सकेपछि पशुको कुर्बानी दिइएको अध्यक्ष खाँले बताउनुभयो ।

कुर्वानी दिइएको पशुको मासु तीन भाग लगाएर एक भाग आफ्ना लागि, एक भाग इष्टमित्रलाई बाँड्ने र एक भाग गरीवलाई दिनुपर्ने चलन रहेको छ । नेपालका मुस्लिम समुदायले प्राय खसीबोका कुर्बानी दिने गरेका छन् । म्याग्दीको बेनी, दरवाङ र भुरुङ तातोपानीमा करिब एक सय घरपरिवार मुस्लीम समुदायको बसोबास रहेको छ ।