बाढी पहिरो पीडितलाई एक लाख भन्दा बढी सहयोग हस्तान्तरण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २७ भदौ ।
म्याग्दीको बेगखोला र देविस्थानका बाढी, पहिरो पीडितहरुलाई सोमबार एक लाख रुपैयाँ भन्दा बढी नगद सहयोग हस्तान्तरण गरिएको छ ।dsc03836म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान, काठमाडौको गोगंबुमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था र पिप्ले ९ मौवाफाँट घर भई हाल काठमाडौमा रहनुभएका फडिन्द्र रिजालले एक लाख पाँच हजार एक सय रुपैयाँ सहयोग गर्नुभएको हो ।

मोना जापानले बेगखोलाका बाढी पीडितलाई पचास हजार र देविस्थानका पहिरो पीडितलाई बिस हजार रुपैया सहयोग गरेको छ । म्याग्दी बचत तथा ऋण सहकारी संस्था काठमाडौले बेगखोलामा पच्चिस र देविस्थानमा पाँच हजार सहयोग गरेको छ ।

रिजालले बेगखोलाका बाढी पिडित र मराङकी विपन्न विद्याथी विनिशा क्षेत्रीलाई पाँच हजार एक सय रुपैयाँका दरले सहयोग गर्नुभएको छ । तिन वटै ठाउँबाट प्राप्त भएको रकम समन्वयकर्ता लिलाबहादुर बानियाँ, अमर बानियाँ, कमल खत्री र सहकारीका संस्थापकहरु ज्ञानेन्द्र श्रेष्ठ, धनबहादुर छन्त्याल, ज्ञानेन्द्र केसीको उपस्थितीमा हस्तान्तरण गरिएको थियो ।dsc03831

प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, सहायक प्रजिअ यादव आचार्य, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सभापति लेखबहादुर हमाल, पुर्व सभापति मुक्ती रोका लगायतको रोहबरमा बेगखोला बाढी पिडित राहत सहयोग व्यवस्थापन समितिका अध्यक्ष ओमकुमार सिङ्जाली, देविस्थानका पहिरो पिडित कलीमा बुढाथोकी, रिता शेरचनलाई हस्तान्तरण गरिएको हो ।dsc03840

भदौ १६ गते राती बेगखोलामा आएको बाढीले ११ घर बगाउनुका साथै एक जना वेपत्ता भएका थिए । यस्तै भदौ १८ गतेको पहिरोका कारण देविस्थानमा एक जनाको मृत्यु हुनुका साथै थप एक घरपरिवार विस्थापित भएका थिए ।