मूल्य सूची नराख्ने व्यवसायीलाई कारवाही हुने

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २७ भदौ ।
बजार अनुगमन टोलीले बेनीका व्यवसायीहरुलाई पसलमा अनिवार्य मूल्य सूची राख्न र अद्यावधिक गर्न निर्देशन दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलको नेतृत्वमा सोमबार पुस्तकालयचोक देखि मंगलाघाट क्षेत्रका पसलहरुको अनुगमन गरेको टोलीले यस्तो निर्देशन दिएको हो ।
पसल दर्ता गर्न, पसलमा देखिने गरि मूल्य अद्यावधिक गरेर सूचि राख्न निर्देशन दिइएको टोलीले जनाएको छ । टोलीले खाद्यान्न पसलहरुको अनुगमन गरेको थियो ।dsc03879चाडवाडको समयमा हुन सक्ने कृतीम अभाव, कालोजबारी, अखाद्य र मिसावटयुक्त बस्तुको बिक्री वितरण नियन्त्रणका लागि ब्यवसायीलाई सचेत बनाउन अनुगमनलाई निरन्तरता दिएको टोलीले जनाएको छ ।

अनुगमन टोलीमा प्रहरी, उद्योग वाणिज्य संघ, बेनी नगरपालीका, कोष तथा लेखा नियन्त्रकको कार्यालय लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । केही दिनदेखि बेनीमा स्थानीय प्रशासनले बजार अनुगमनलाई निरन्तरता दिइरहेको छ ।