उत्पादन मुलक क्षेत्रमा बेनी बचतको लगानी बढ्दै

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २६ भदौ ।

बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उत्पादनमुलक क्षेत्रमा आफ्नो लगानी बढाउँदै लगेको जनाएको छ । संस्थाको शनिबार सम्पन्न पन्ध्रौ वार्षिक साधारणसभा तथा छैठौ अधिवेशनद्धारा निर्बाचित नयाँ सञ्चालक समितिले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी गराएको हो । संस्थाले सामाजिक कार्यमा लगानी बढाउने बताएको छ । संस्थाका नव निर्वाचित अध्यक्ष रमेश गिरिले ग्रामिण क्षेत्रको आर्थिक विकासका लागि लगानी बढाइएको बताउनुभयो ।

शनिबार सम्पन्न अधिवेशनले गिरीको अध्यक्षतामा सञ्जयकुमार श्रेष्ठ उपाध्यक्ष, लक्ष्मण शर्मा सचिव र एकेन्द्रबहादुर रावल कोषाध्यक्ष रहनुभएको सञ्चालक समिति निर्वाचित गरेको छ ।

शिवकुमार श्रेष्ठ निवर्तमान अध्यक्ष रहनुभएको संस्थाको सदस्यहरुमा सुवासकुमार श्रेष्ठ, नेत्रबहादुर महत, तुलसीलता श्रेष्ठ, ताराप्रसाद श्रेष्ठ, कमलप्रसाद श्रेष्ठ, तप्तबहादुर बिक, अंगद श्रेष्ठ र अनोद श्रेष्ठ रहनुभएको छ ।
४५ लाख मुद मुनाफा
२७ करोड ४६ हजार निक्षेप संकलन
२६ करोड ६० लाख ९५ हजार लगानी

माधवप्रसाद रेग्मीको संयोजकत्वमा निरञ्जना श्रेष्ठ र धनप्रसाद श्रेष्ठ सदस्य रहनुभएको लेखा समिति चयन भएको छ । शिवकुमार श्रेष्ठको अध्यक्षता, सञ्जय श्रेष्ठको सञ्चालन र रमेश गिरीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सांसद रेशमबहादुर बानियाले सहकारीले आर्थिक गतिबिधिमा सहज बनाएको बताउदै सामाजिक क्षेत्रमा सहभागिता बढाउनुपर्ने बताउनुभयो ।beni-bachatकार्यक्रममा सेयर सदस्यहरु राजेन्द्र आचार्य, हरिकृष्ण श्रेष्ठ, टंक हमाल र हरिकुमार श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो । १३४ जना संस्थापक र करिब नौ सय साधारण सेयर सदस्य रहेको संस्थाले उत्कृष्ट कारोबारकर्ताको रुपमा संस्थागततर्फ म्याग्दी बहुमुखी क्याम्पस र व्यक्तिगततर्फ गोविन्द नरसिङ राजभण्डारीलाई सम्मान गरेको छ ।

सेवा निवृत कर्मचारी बिनोदकुमार श्रेष्ठ र रञ्जिता शेरचनलाई उपदान सहित सम्मान एवं बिदाई गरिएको थियो । एसएलसी परिक्षामा सर्र्वोकृष्ट हुने सेयर सदस्यको छोराछोरीहरु मध्य एक जनालाई सात हजार पाँच सय र उतिर्ण हुने अन्यलाई नगद एक हजार सहित सम्मान गरिएको थियो ।

गत आर्थिक वर्ष २०७२/७२ मा तिन करोड ७१ लख ८८ हजार ९८३ रुपैयाँ आम्दानी र तिन करोड २६ लाख चार हजार ३८० रुपैया खर्च गरेको संस्थाले ४५ लाख ८४ हजार ६०३ रुपैयाँ खुद मुनाफा गरेको छ ।

एक करोड ६८ लाख ६७ हजार एक सय रुपैयाँ सेयर पुँजी रहेको संस्थाले २७ करोड ४६ हजार ४२३ रुपैया निक्षेप संकलन र २६ करोड ६० लाख ९५ हजार २१८ रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाको कोषमा एक करोड २६ लाख ८९ हजार ३४५ रुपैयाँ रहेको नवनिर्वाचित अध्यक्ष गिरीले जानकारी दिनुभयो । उहाँले संस्थाले आगमी दिनहरुमा सामाजिक क्षेत्रमा उल्लेख्य गतिविधि गर्ने बताउनुभएको छ ।