म्याग्दीमा बालअधिकार दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २९ भदौ ।
म्याग्दीमा पनि बुधबार ‘सम्र्वद्धन बालअधिकारको  कार्यान्वयन संबिधानको’ भन्ने मुल नारा सहित राष्ट्रिय बालदिवस मनाइएको छ ।

दिवसको अवसरमा महिला तथा बालबालिका कार्यालय र गुड नेवर्स इन्टरनेशनलको सहयोगमा बालकल्याण समिति, नेपाल बाल संगठन र जिल्ला बाल सञ्जालको आयोजनामा ¥याली र औपचारीक समारोहको आयोजना गरिएको थियो ।

बेनी सामुदायिक माविमा आयोजित कार्यक्रममा दिवसको अवसरमा आयोजित चित्रकला प्रतियोगिताका बिजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । सन्देश अभियान बाल कल्व जामुनाखर्कले बालअधिकार सम्बन्धि चेतनामुलक नाटक प्रस्तुत गरेका थिए । बाल अधिकार सम्बन्धि गित तथा नृत्य पनि प्रस्तुत गरिएको थियो । dsc03942कार्यक्रममा मन्तब्य व्यक्त गर्नुहुदै प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बालअधिकारको संरक्षण र प्रर्वद्धनका लागि राज्यको निकायको साथै घर, समाज र विद्यालय पनि सचेत एवं संवेदनशिल हुनुपर्नेमा जोड दिनुभयो ।

जिशिअ रामप्रसाद अधिकारी र राजनितिक दलहरुको तर्फबाट नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य सन्तोष रावलले बालबालिकाको सुनिश्चित भविश्यका लागि शिक्षा र स्वास्थ्यमा ध्यान दिनुपर्ने बताउनुभयो ।dsc03951जिल्ला बाल सञ्जालका अध्यक्ष दिपक परियारको अध्यक्षता, जिल्ला बालअधिकार अधिकृत समिता थकालीको स्वागत तथा सञ्जालका शुसन बराइली र रञ्जना श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । औपचारीक कार्यक्रम सुरु हुनु भन्दा पहिले जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको ¥यालीले बजार परिक्रमा गरेको थियो ।