बेगखेलाका बाढी पहिरो पीडित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २७ भदौ ।
म्याग्दीको बेगखोलाका बाढी पीडित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
भदौ १६ गते राती आएको बाढीले घरसंगै शैक्षिक सामाग्री र पोशाक बगेपछि समस्यामा परेका विद्यार्थीहरुलाई गुड नेर्वस ईन्टरनेशनलले जिल्ला शिक्षा कार्यालयको समन्वयमा सहयोग गरेको हो । img_2282१४ जना विद्यार्थीहरुलाई किताब, कापी, कलम, पेन्सिल, इलेजर, ज्यामिती बक्स तथा विद्यालय पोशाक, झोला र पोशाक सिलाउन आवश्यक रकम आईतबार हस्तान्तरण गरेको ईन्टरनेशनलका जिल्ला संयोजक टुपेन्द्र खुलालले जानकारी दिनुभयो । img_2306

जिशिअ रामप्रसाद अधिकारी, संस्थाका खुलाल र प्रायोजन सेवा प्रमुख रामकृष्ण लामिछाने सहितको टोलीले शैक्षिक सामाग्री वितरण गरेको हो । शैक्षिक सामाग्री सहयोग पाएपछि बाढी पीडित बालबालीकालाई विद्यालयमा फर्काउन सहयोग पुग्ने र मनोवैज्ञानिक असर कम हुने अपेक्षा गरिएको छ ।

हाल अस्थाई टहरामा बस्दै आएका बाढी पिडित बालबालीकाहरुलाई सहज रुपमा विद्यालयमा उपस्थित भई अध्ययन गर्ने वातावरण मिलाउन जिशिअ अधिकारीले सम्बन्धित विद्यालय प्रशासनसंग छलफल गर्नुभएको थियो ।

यसैगरी नेपाल रेडक्रस सोसाईट दाना उपशाखाले बाढी पीडितहरुलाई पानी ओसार्न र सुरक्षित भण्डारणका लागि ११ वटा स्टीलको गाग्री सहयोग गरेको छ । उपशाखा सभापति दुर्गादेवी पाईजाको नेतृत्वमा रहेको टोलीले बाढी पीडितहरुलाई गाग्री उपलब्ध गराएका थिए ।