बेनीमा सिसीटिभी क्यामेरा जडान गर्ने तयारी

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २८ भदौ ।
म्याग्दी सदरमुकाम बेनीमा सिसीटिभी क्यामेरा जडान गर्ने तयारी भएको छ । बेनी बजारको सुरक्षालाई थप सुदृढ, व्यवस्थित र अपराध नियन्त्रण गरि शान्ति सुरक्षा मजवुद बनाउने उद्देश्यले सिसीटिभी क्यामेरा जडान गर्न लागिएको हो । म्याग्दी उद्योग वाणिज्य संघको पहलमा बजारको विभिन्न चोक तथा नाकाहरुको निगरानीका लागि सिसीटिभी जडान गर्ने तयारी भएको छ ।तिस लाख रुपैयाँको लगानीमा बजारको २२ देखि २६ ठाउँमा सिसीटिभी क्यामेरा जडान गर्न लागीएको संघका अध्यक्ष जिबनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी दसै तिहार अघिनै सिसीटिभी क्यामेरा जडान गरिसक्ने लक्ष्य सहित तयारी गरिएको छ ।cc-cameraबेनीमा सिसीटिभी क्यामेरा जडान गर्न दुई वर्षअघि प्रक्रिया सुरु गरिएको थियो । एसएस टे«ड आईएनसी प्रालीसंग सम्झौता पनि भैसकेको छ । हालसम्म सात लाख रुपैयाँ बजेट जुटीसकेको अध्यक्ष विश्वकर्माले बताउनुभयो । सिसीक्यामेराको कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालयमा राखिने भएको छ ।

जिविस, बेनी नगरपालिका कार्यालय, बैङ्क, वित्तिय, सहकारी संस्था र ब्यसायीक घरानाहरुबाट आर्थिक स्रोत जुटाउन प्रस्ताव पेश गरिएको छ । सिसीटिभी क्यामेरा जडान भएपछि बेनीको सुरक्षा अवस्था थप मजवुद हुने र सम्भावीत आपराधिक गतिबिधि नियन्त्रण, अनुसन्धानमा प्रहरीलाई सहयोग पुग्ने संघका दितृय उपाध्यक्ष सुवीन श्रेष्ठले बताउनुभयो ।