मिलनचोकको कृष्णगंगा सहकारीद्धारा साढे तिन करोड लगानी

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २७ भदौ ।
पर्वतको धाईरीङ ५ मिलनचोकमा रहेको कृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्षमा साढे तिन करोड रुपैयाँ लगानी गरेको छ ।

मिलनचोकमा सोमबार सम्पन्न आठौ साधारणसभामा गत वर्ष तिन करोड पचास लाख रुपैयाँ लगानी र तिन करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले १७ लाख रुपैयाँ खुद मुनाफा गरेको जानकारी गराइएको हो ।dsc03847३०९ जना सेयर सदस्य रहेको संस्थाले कृषि, साना व्यवसाय र बैदेशिक रोजगारी लगायतको क्षेत्रमा लगानी गरेको प्रबन्धक ओमप्रकाश शर्माले बताउनुभयो । साधारणसभामा प्रमुख अतिथि कृषि विकास बैङ्कका बिभागीय प्रुमख टेकनारायण आचार्यले सहकारीले ग्रामिण क्षेत्रमा आर्थिक कारोबार गर्न सहज र बचत गर्ने बानिको विकास गरेको बताउनुभयो ।

संस्थाका अध्यक्ष यज्ञनाथ लामीछानेको अध्यक्षता, सचिव लक्ष्मीप्रसाद आचार्यको सञ्चालन र उपाध्यक्ष लक्ष्मीकुमारी हमालको स्वागतमा सम्पन्न कार्यक्रममा लेखा संयोजक रामकृष्ण आचार्य, ऋण संयोजक रुद्रलाल उपाध्याय, शिक्षा संयोजक सुरथ पौडेल र सेयर सदस्य जमुना आचार्यले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।