राष्ट्रिय समाचार

मंगलामा कृषि पशु र मत्स्यपालनको सम्भाव्यता अध्ययन

सन्तोष गौतम/ विकल्प बाबियाचौर १५ असार । म्याग्दीको मंगला गाउँपालीकाले कृषि, पशु र मत्स्यपालनको सम्भाव्यता अध्ययन सुरु गरेको छ । कृषि विज्ञहरुको टोली ल्याएर सम्भाव्यता अध्ययन सुरु गरेको हो । विज्ञहरुको टोलीले शुक्रबारदेखि गाउँपालीकाको विभिन्न स्थानमा खाद्यबाली, तरकारी र फलफुल खेती, गाईभैसी, कुखुरा, बाख्रा, बंगुर र माछापालनको सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । क्षेत्रीय कृषि […]

धानको उत्पादन वृद्धीका लागि यान्त्रीकरणमा जोड

सन्तोष गौतम / विकल्प अर्मन १५ असार । “धान उत्पादनमा वृद्धी राष्ट्रको सम्बृद्धी” भन्ने नाराका साथ शुक्रबार म्याग्दीमा विभिन्न कार्यक्रम गरेर १५ औ धान रोपाई तथा किसान दिवस मनाइएको छ । मंगला गाउँपालीका र अखिल नेपाल किसान महासंघले पिपलबोटको सेरफाँटमा आयोजना गरेको रोपाई दिवस समारोहमा प्रदेशसभा सदस्य बिनोद केसीले कृषिलाई यान्त्रीकरण गरी लागत घटाउन र […]

लिफ्ट प्रबिधिको खानेपानी अायाेजनाकाे भवन शिलन्यास

धिरन खत्री/ विकल्प पर्वत बेनी १३ असार । जलजला गाउँपालिकाको २,३ र ४ वडालाई लक्षित गरेर करिब साढे १२ करोड रुपैयाको लगानीमा निर्माणधिन पर्वत बेनी खानेपानी आयोजनाको भवन शिलन्यास गरिएको छ । पर्वत बेनी खानेपानी तथा सरसफाई सह–लगानी उपभोक्ता संस्थाको सक्रियतामा निर्माधिन आयोजनाको भवन बुधबार पर्वत जिल्लाका प्रतिनिधि सांसद पदम गिरिले शिलन्यास गर्नुभएको हो । […]

जेल्तुङमा झोलुङ्गे पुल बनेपछि सिम्कोश बगरका बासिन्दामा खुसियाली

सन्तोष गौतम/ विकल्प बगर १३ असार ।म्याग्दीको धवलागिरी गाउँपालीका ४ जेल्तुङ स्थित म्याग्दी नदीमाथी झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयबासीले नाचगान गरेर खुसीयाली मनाएका छन् । झोलुङ्गे पुल सहयोग ईकाई (टिबीएसयु)को लट्ठा र बुल्डअप ग्रिप, नेपाल सरकार र गाउँपालीकाको आर्थिक तथा स्थानीयबासीको श्रमदानमा १०२ मिटर झोलुङ्गे पुल बनेपछि म्याग्दी खोला वारपार गर्न पुरै दिनको घुमाउरो बाटो […]

अन्नपूर्णको विकासका लागि करिव साढे २७ करोडको बजेट सार्वजनिक

ठाकुरप्रसाद आचार्य,धिरन खत्री \म्याग्दी पोखरेबगर,असार १० गते । जिल्लाको उत्तरी स्थित अन्नपूर्ण गाउँपालिकाले २७ करोड ३८ लाख ७९ हजार ३९ रुपियाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका केन्द्र पोखरेबगरमा आयोजना गरिएको दोस्रो गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले आगमी आर्थिक वर्ष २०७५ \०७६ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । उपाध्यक्ष मगरले प्रस्तुत […]

अन्नपूर्ण गाउँपालिकाकाे गाउँसभा सुरू

ठाकुर अाचार्य / विकल्प न्युज असार १० गते । अन्नपूर्ण गाउँपालिकाकाे दाेर्साे गाउँसभा पाेखरेबगरमा सुरू भएकाे छ । गाउँ सभामा अागमि अार्थिक वर्षा २०७५/०७६ काे बजेट,नीति तथा कार्यक्रम पेश गरिने छ । गाउँसभामा प्रदेश ४ कि समाजिक विकास मन्त्री नरदेवि पुनले कृषि,पर्यटन र उत्पादनमूलक क्षेत्रमा परिचालन गरि राेजगारि सिर्जना गर्नुपर्ने बताउनु भयाे । उहाँ ले […]

म्याग्दीका स्थानीय तहमा दुई अर्बको बजेट आउँदै

सन्तोष गौतम/नवविकल्प आसर १० गते । म्याग्दीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७५७६ का लागि करिब दुई अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने भएका छन् । म्याग्दीका छ वटै स्थानीय तहले आईतबार एकै दिन नगर तथा गाउँसभा बोलाएर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् । संघीयताको अभ्यासमा रहेका स्थानीय तहहरुले दोस्रो पटक आफै बजेट ल्याउन लागेका […]

मातृ शिशु मृत्युदर घटाउन “एयर एम्बुलेन्स” सञ्चालन गरिने

सन्तोष गौतम/विकल्प न्यूज दरवाङ ७ असार । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले दुर्गम र बिकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशूको उपचार सेवामा पहुँच बढाएर मातृ शिशू मृत्युदर घटाउन “एयर एम्बुलेन्स” सञ्चालन गर्न लागिएको बताउनुभएको छ । म्याग्दीको मालीका गाउँपालिका ६ दरवाङमा बिहीबार समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य कोषले आयोजना गरेको […]

फेरी सुरु भयो रघुगंगा जलविद्युत आयोजना

विकल्प न्यूज/बेनी असार ६ गते । फाइल तस्विर म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको रघुगंगा जलविद्युत आयोजना ४ वर्ष पछि फेरी सुरु गरिएको छ । यसअघि छनौट भएका भारतको आइभीआरसीएल प्रोजेक्ट्स लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट आयोजना निर्माण गर्न लागिएको हो । नेपाल विद्युत प्राधिकरणको सत प्रतिशत लगानी रहेको रघुगंगा हाईड्रोपावर लिमिटेडले बनाउन लागेको […]

बेनपामा बेथिति मौलाउँदो ः जनप्रतिनिधि नै ठेकेदार

उपभोक्ता समिति कागजमै सिमित सन्तोष गौतम/विकल्प न्यूज असार ६ गते । बेनी नगरपालिकाले दश लाख रुपैयाँ बजेट बिनियोजन गरेको कालीपुल स्थित कवर्डहल मर्मत योजनाको उपभोक्ता समितिका अध्यक्ष जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिनेश केसी र सचिव सदस्य लेखनाथ शर्मा हुनुहुन्छ । “डमी” उपभोक्ता समिति बनाएर चलखेल – बजेट दुरुपयोगको जोखिम उपभोक्ता समितिमा ठेकेदारीप्रथा मौलाउँदो  – […]

११ महिना चुपचाप वसेका कर्मचारी असार लागेपछि सक्रिय

सन्तोष गौतम/विकल्प न्यूज मौवाफाँट ५ असार । चालु आर्थिक वर्ष २०७४/७५ को अन्तिम महिना असार सुरु भएसंगै म्याग्दीका सरकारी निकायलाई बजेट सक्ने चटारो परेको छ । विभिन्न सरकारी कार्यालय, स्थानीय तह र गैरसरकारी संघ संस्थाहरुले आर्थिक बर्षको अन्तीम महिना सुरु भएसंगै तालीम, गोष्ठि, अन्तरक्रिया लगायत औपचारिक कार्यक्रम आयोजना गर्ने क्रम बढेको छ । आर्थिक वर्षको […]

म्याग्दीमा भेटियाे अनौठाे भैंसी

सन्तोष गौतम बेनी १ असार । म्याग्दीका कृषकले पालेको एउटा भैसीले लगातार चार वर्षदेखि दूध दिईरहेको छ । बेनी नगरपालीका २ रोहोटेकापानीका कुलानन्द र गिताकुमारी रिजालले पाल्नुभएको भैसीले २०७१ देखि हालसम्म निरन्तर दूध दिईरहेको हो । वि.स २०७१ साउन २५ गते ब्याएको भैसीले त्यसपछि नब्याएको र बिहान, बेलुकी दूध दिईरहेको कृषक रिजालले बताउनुभयो । रिजालले […]

नेकपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया

विकल्प न्यूज/बेनी असार १ गते ।    पार्टी एकताको घोषणा गरेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको आयोजनामा अगुवा कार्यकर्ता भेला एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘माक्र्सवाद लेनिनवादको प्रकाशमा पार्टी एकतालाई सुदृढ गरौं, लोककल्याणकारी स्थायी सरकारमार्फत समाजवादको यात्रामा अघि बढौं’ भन्ने मूल नारासहित सदरमुकाम बेनीमा नगरपालिकास्तरीय अगुवा कार्यकर्ता […]

जलजलाका कृषकलाई एक्काईस लाख अनुदान वितरण

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ असार । पर्वतको जलजला गाउपालिकाले कृषकहरुलाई व्यवसायिक पशुपालनतर्फ आकर्षित गराउन यस वर्ष २१ लाख रुपैयाँ भन्दा बढी अनुदान वितरण गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाले व्यवसायिक गाईभैसी, बाख्रा र कुखुरापालनमा कृषकहरुलाई आकर्षीत गरी मासु, दुध र अण्डाको उत्पादन वृद्धी गरी आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान वितरण गरेको हो । विभिन्न […]

मल्लाजमा ज्येष्ठ नागरिकलाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज मल्लाज ३१ जेठ ।  पर्वतको जलजला गाउँपालिका ३ का ८० वर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरुलाई बिहीबार सम्मान गरिएको छ । गाउँपालिका अन्तरगत ३ नम्बर वडा कार्यालयले ३६ जना ज्येष्ठ नागरिकहरुलाई नगद एक हजार रुपैयाँ सहित, झुल र दोसल्ला ओढाएर सम्मान गरेको हो । जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडाको प्रस्तावमा गाउँपालिकाले ७५ […]