ताजा समाचार:
Search

मंगलामा कृषि पशु र मत्स्यपालनको सम्भाव्यता अध्ययन

सन्तोष गौतम/ विकल्प
बाबियाचौर १५ असार ।IMG_5888

म्याग्दीको मंगला गाउँपालीकाले कृषि, पशु र मत्स्यपालनको सम्भाव्यता अध्ययन सुरु गरेको छ ।

कृषि विज्ञहरुको टोली ल्याएर सम्भाव्यता अध्ययन सुरु गरेको हो । विज्ञहरुको टोलीले शुक्रबारदेखि गाउँपालीकाको विभिन्न स्थानमा खाद्यबाली, तरकारी र फलफुल खेती, गाईभैसी, कुखुरा, बाख्रा, बंगुर र माछापालनको सम्भाव्यता अध्ययन सुरु गरेका हुन् ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्रमुख रामबहादुर केसी, बाख्रा अनुसन्धान केन्द्र बन्दिपुरका प्रमुख राजु कडेल र मत्स्य अनुसन्धान केन्द्र बेगनासका प्रमुख अग्नी नेपालको टोलीले सम्भाव्यता अध्ययन सुरु गरेको हो ।

टोलीले गाउँपालीकाको ५ वटै वडाको विभिन्न ठाउँको स्थलगत भ्रमण, कृषकहरुसंग अन्तरक्रिया गरेर सम्भाव्यत्ता अध्ययन गरेर प्रतिवेदन दिने गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । उहाँले विज्ञ टोलीको सिफारीस र सुझावको आधारमा कृषि र पशुपालनलाई जोड दिएर कार्यक्रम सञ्चालन गरीने बताउनुभयो ।