ताजा समाचार:
Search

धानको उत्पादन वृद्धीका लागि यान्त्रीकरणमा जोड

सन्तोष गौतम / विकल्प
अर्मन १५ असार ।IMG_5822

“धान उत्पादनमा वृद्धी राष्ट्रको सम्बृद्धी” भन्ने नाराका साथ शुक्रबार म्याग्दीमा विभिन्न कार्यक्रम गरेर १५ औ धान रोपाई तथा किसान दिवस मनाइएको छ ।

मंगला गाउँपालीका र अखिल नेपाल किसान महासंघले पिपलबोटको सेरफाँटमा आयोजना गरेको रोपाई दिवस समारोहमा प्रदेशसभा सदस्य बिनोद केसीले कृषिलाई यान्त्रीकरण गरी लागत घटाउन र उत्पादन बढाउन आवश्यक रहेको बताउनुभयो ।

सिचाई सुबिधाको विस्तार, गुणस्तरीय मल विउको उपलब्ध गराउन सरकारले ध्यान दिनुपर्ने बताउँदै सांसद केसीले कृषकहरुलाई ब्यवसायीक बन्न आग्रह गर्नुभयो । कृषिमा प्रशस्त सम्भावना रहेको मंगला गाउँपालीकामा मुख्यमन्त्री कृषि कार्यक्रम प्रस्ताव गरिएको सांसद केसीले जानकारी दिनुभयो । वाईट

मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोकाले मंगला गाउँपालीकाको सम्बृद्धीको आधार कृषि, पशुपालन र पर्यटन भएको बताउदै यि तिन क्षेत्रलाई प्राथमिकता दिएर योजना तथा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

बेनी नगरपालीकाका उपप्रमुख सञ्जु बरुवालले पिपलबोट, सेराफाँट, रणवाङ, सिमलचौर, बाबियाचौरमा उत्पादन हुने गौरीया जातको धानको राम्रो बजार सम्भावना भएकाले ब्यवसायीक खेतीमा जोड दिन सुझाव दिनुभयो ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्रमुख रामबहादुर केसी र जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले खाने बानीमा परिवर्तन गर्नुपर्ने बताउदै माटो र हावापानी सुहाउँदो खेतीबाली लगाउनुपर्ने बताउनुभयो ।IMG_5878

मंगला गाउँपालीका ५ का वडा अध्यक्ष भुपेन्द्र केसीको अध्यक्षता, भिमकुमारी बुढाथोकीको सञ्चालन र उपाध्यक्ष सिर्जना केसीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा किसान महासंघका जिल्ला संयोजक देवबहादुर घलेले धान दिवसको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।
औपचारीक कार्यक्रमपछि सेराफाँटमा सामुहिक धान रोपाई गरिएको थियो ।

मध्य असार लागेसंगै म्याग्दीका कृषकहरु प्रमख खाद्यबाली धान खेतीमा ब्यस्त भएका छन् । मुल फुट्नेगरी बर्षा नभएकाले सिचाईको समस्या भएको कृषकहरुले बताएका छन् । कृषि विकास कार्यालयले हालसम्म करिब चालीस प्रतिशत खेतमा रोपाई भएको अनुमान गरेको छ ।

तिन हजार ८९७ हेक्टरमा खेती हुने धानबालीबाट म्याग्दीमा वार्षिक १२ हजार ९८ मेट्रिक्टन उत्पादन हुन्छ । गौरी, जेठो बुडो, जर्नेली, पहँेले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ ।