ताजा समाचार:
Search

अन्नपूर्णको विकासका लागि करिव साढे २७ करोडको बजेट सार्वजनिक

ठाकुरप्रसाद आचार्य,धिरन खत्री \म्याग्दी
पोखरेबगर,असार १० गते ।

DSC_0001जिल्लाको उत्तरी स्थित अन्नपूर्ण गाउँपालिकाले २७ करोड ३८ लाख ७९ हजार ३९ रुपियाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका केन्द्र पोखरेबगरमा आयोजना गरिएको दोस्रो गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले आगमी आर्थिक वर्ष २०७५ \०७६ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । DSC_0026उपाध्यक्ष मगरले प्रस्तुत गरेको बजेटमा संघीय सरकारको वित्तिय समानीकरण अनुदानतर्फ ६ करोड, राजश्व बाँडफाँडतर्फ ५ करोड ४२ लाख ९१ हजार, शर्सत अनुदान तर्फ १३ करोड ४९ लाख, प्रदेश सरकारबाट वित्तिय समानीकरणमा १ करोड ९ लाख ७२ हजार, प्रदेश सरकारकै राजश्व वाँडफाँडको २७ लाख १६ हजार ३९ रुपियाँ ,आन्तरिक आय ५० लाख र सञ्चीत कोषबाट ६० लाख रुपियाँ बजेटमा समावेश गरिएको छ ।  20180624_143245यसैगरि आर्थिक विकास तर्फ ३७ लाख ९० हजार,सामाजिक विकास ७५ लाख २६ हजार,पूर्वाधार विकासमा एक करोड ६१ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा १९ लाख ८० हजार,संस्थागत विकास तथा सेवा प्रवाह तर्फ २६ लाख ४ हजार विनियोजन गरिएको छ । कृषि क्षेत्रको विकासका लागि ४० लाख,पशु विकासमा ३५ लाख विनियोजन गरिएको छ ।

त्यस्तै स्वास्थ्यमा १२ लाख शिक्षामा १९ लाख ६० हजार ,महिला तथा बालबालिका विकासमा १५ लाख, सहकारी विकासमा ५ लाख,वन तथा वातावरण र युवा तथा खेलकुदमा ५\५ लाख बजेट विनियोजन गरिएको छ ।  20180624_144858गाउँसभालाई संवोधन गर्दै प्रदेश चारकी सामाजिक विकास मन्त्री नरदेवी पुनले गाउँपालिकाको समृद्धि र विकासका लागि बजेटको पूर्ण रुपमा कार्यन्वयन हुनुपर्ने बताउनुभयो । उहाँले उत्पादनमुलक क्षेत्रमा लगानी बढाई रोजगारी सिर्जना गर्नमा गाउँपालिकालाई प्रदेश सरकारले साथ र सहयोग गर्ने बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिका प्राकृति स्रोतसाधनले भरिपूर्ण भएको बताउँदै आर्थिक विकासको ढोका खोल्नका लागि बजेटलाई सफल रुपमा कार्यान्वयन गर्न जनप्रतिनिधिमहरुलाई मन्त्री पुनले अनुरोध गर्नुभयो । DSC_0003सिमिति स्रोत साधानबाट जनताका चाहना र आवश्यकता पुरा गर्न चुनौती भएको वताउँदै मन्त्री पुनले गाउँपालिका भित्र रहेको जनशक्ति,स्रोतसाधन र क्षमताको पूर्ण रुपमा प्रयोग गर्न सकेमा समृद्धिको चाहना पुरा हुने उहाँको भनाई थियो ।
गाउँसभामा गाउँपालिका अध्यक्ष क्या. डमवहादुर पुनले बजेटलाई सफल रुपमा कार्यान्वयन गर्नका लागि जनप्रतिनिधि,राजनीतिक दल, कर्मचारी र गाउँपालिकावासीहरुको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।  DSC_0065गाउँपालिकाले कृषि,पर्यटन,जलस्रोत र वातावरण संरक्षणमा जोड दिने नीति लिएको छ । यातायातलाई प्रभावकारी बनाउन गाउँपालिका केन्द्र र वडा कार्यालय सम्म सडक सञ्जालले जोड्न सडक स्तरन्नोतीमा जोड दिएको छ । गाउँपालिकाले नदीजन्य वस्तुको अव्यवस्थित तरिकाले उत्खनन् गर्न रोक लगाउने नीति लिएको प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले बताउनुभयो
DSC_0035जनशक्ति र गाउँपालिका केन्द्रमा पूर्वाधारको अभावमा कारण पनि चालु आवमा सन्तोषजनक उपलब्धी हासिल भएको बताउँदै आगमी वर्षको नीति,कार्यक्रम तथा बजेट कार्यान्वयनमा सहजता आउने अपेक्षा व्यक्त गर्नुभयो ।

गाउँसभामा जिल्ला समन्वय समितिका सदस्य मेख वहादुर गर्बुजा, नेकपाका प्रतिनिधि खड्क गिरी र नेपाली काँग्रेसका बेलबहादुर पुर्जाले बजेटको पूर्ण कार्यान्वयनमा जोड दिएका थिए । 20180624_144858गाउँपालिका अध्यक्ष क्या पुनको अध्यक्षता,उपाध्यक्ष मगरको स्वागत र प्रवक्ता कृष्णप्रसाद बरुवालको सञ्चालनमा गाउँसभा सम्पन्न भएको थियो । गाउँसभामा प्रस्तुत भएको नीति,कार्यक्रम तथा बजेट गाउँसभाका सदस्यहरु विच छलफल पछि असार २५ गते गाउँसभाबाट पारित गरिने जनाइएको छ ।