ताजा समाचार:
Search

राष्ट्रिय समाचार

सानै उमेरमा नृत्यमा सफल श्रद्धा

विकल्प न्यूज \ बेनी मंसिर ५ गते । बागलुङमा हुने हरेक कार्यक्रममा आजभोलि एक जना बालिकाको खोजी हुन्छ। चाहे कुनै उत्सव तथा समारोह हुन वा कुनै सांस्कृतिक कार्यक्रम नै किन नहुन्। उमेर जम्मा सात वर्ष पुगेकी बालिकाको नृत्य कला देखेर सबै लालयित हुने गरेका छन्। उनको नृत्यले बालबालिकादेखि बुढाबुढी सम्मको मन तान्ने गरेको छ। बागलुङ […]

म्याग्दीको विकासका विभिन्न मागहरु लिएर सर्वपक्षिय टोली काठमाण्डौमा

विकल्प । बेनी मंसिर ४ गते । म्याग्दीको विकासका लागि विभिन्न मागहरु लिएर जिल्लाको सर्वपक्षीय टोली काठमाण्डौ डेलिगेशन आएको छ । बेनी नगरपालिकाको संयोजनमा आईतवार राजधानी आएको सर्वपक्षीय टोलीले विभिन्न मन्त्रालय र विभागहरुमा नगर तथा जिल्लाको विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन मागपत्र पेश गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको […]

कर शिक्षा सिकाउदै अान्तरिक राजश्व कार्यालय

विकल्प न्युज र बेनी म्याग्दी, मंसिर ४ गते ।आन्तरिक राजस्व कार्यालय बागलुङको साविकको धवलागिरी अञ्चलमा करदाता शिक्षा अभियानलाई तिब्रता दिएको छ । कर दिवसको अवसरमा साताब्यापी कार्यक्रम अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा संघीय संरचना अनुसार नेपालको राजस्व नीति र कर प्रणाली विषयक अन्तरक्रिया कार्यक्रमको अवसरमा हरेक नागरिकलाई कर शिक्षा आवश्यकता रहेको बताइएको थियो । कार्यक्रममा कार्यालय […]

पत्रकार गौतम सम्मानित

विकल्प न्युज / बेनि मंसिर ४ गते ।न्यूज २४ टेलिभिजनका म्याग्दी संवाददाता हरिकृष्ण गौतम सम्मानित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ, मोना यूएईले गरिब तथा विपन्नको उपचार, शिक्षादिक्षाका साथै परोपकारी पत्रकारितामार्फत मानवीय तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै गौतमलाई सोमबार म्याग्दीमा एक कार्यक्रम गरी सम्मान गरिएको हो । रोजगारको सिलसिलामा यूएईमा पुगेका म्याग्देलीको साझा […]

जटिल राेगका विरामीलाई मोना यूएईद्धारा १ लाख सहयाेग

विकल्प न्युज / बेनि मंसिर ४ गते ।  म्याग्दी प्रवासी नेपाली संघ, मोना यूएईले उपचार गराइरहेका तीनजना बिरामीलाई एक लाख आर्थिक सहयोग गरेको छ । आर्थिक अभाव र विपन्नताका कारण लामो समय उपचारबाट बन्चित भएका विरामीलाई लक्षित गरी मोना यूएईल संकलन गरेको आर्थिक विरामीका आफन्तलाई हस्तान्तरण गरिएको हो । मोना यूएईका महासचिव सुवास राम्जाली, उपसमिति […]

धौलागिरि टेलिभिजन अब प्रादेशिक

बागलुङ, २ मंसिर / विकल्प धौलागिरी टेलिभिजनले यसै आर्थिक वर्ष भित्र गण्डकी प्रदेशको राजधानी पोखरामा क्षेत्रीय कार्यालय स्थापना गर्ने भएको छ । धौलागिरी टेलिभिजन प्रा.लि. बागलुङको शनिवार सम्पन्न पाँचौ बार्षिक साधारणले पोखरामा क्षेत्रिय कार्यालय स्थापना गरी सेवालाई प्रभावकारी बनाउने निर्णय गरेको हो । साविक धौलागिरि अञ्चललाई लक्षित गरी सञ्चालन भएको टेलिभिजन हाल गण्डकी प्रदेश लगायत अन्य […]

स्वास्थ्य पर्यटनमा विकास हुँदै तातोपानी कुण्ड

कमल खत्री बेनी,  रासस । बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात् स्वास्थ्य पर्यटनका रुपमा विकास हुन थालेको छ । प्राकृतिक औषधालयका रुपमा चिनिएको तातोपानी कुण्डमा देशका विभिन्न ठाउँबाट बिरामी आउनेक्रम बढिरहेको सन्दर्भमा उच्च पदमा रहेका व्यक्तिसमेत कुण्डमा डुबेर उपचार गराउन आउन थालेपछि यो कुण्ड ‘मेडिकल टुरिजम’का रुपमा विकास हुन थालेको हो । […]

पार्टी एकिकरणले पूर्णता पाउन अव ढिला हुँदैन ः अध्यक्ष प्रचण्ड

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज बेनी(म्याग्दी) कार्तिक २८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’ले एकहप्ता भित्रै सवै तहको पार्टी एकिकरणले पूर्णता पाउने बताउनुभएको छ । एकताको गृहकार्य टुङ्गोमा पुगिसकेको छ । अव सार्वजनिक गर्न मात्र वाँकी छ अध्यक्ष प्रचण्डको भनाई थियो । पार्टी गतिविधिका साथै सरकार सञ्चालनको गम्भिर रुपमा समिक्षा हुने र […]

देशमा गुण्डागर्दी र डनवाद निस्तेज भएको छ ः गृहमन्त्री थापा

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज बेनी(म्याग्दी) कार्तिक २८ गते । नेपाल सरकारका गृहमन्त्री रामवहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याराहरु चाँढै पहिचान हुने र कारवाहीको दायरामा आउने बताउनुभएको छ । सरकारले गठन गरेको अनुशन्धान टोलीले गहिरो गरी अनुशन्धान प्रक्रिया अगाडी बढाएकाले चाँढै नै दोषीहरु कानुनी कारवाहीमा आउने उहाँले दावी गर्नुभएको । सरकारले दोषीलाई कुनै पनि हालतमा नछाड्ने […]

ढुक्क हुनुहोस शिंहदरवार गाउँमै आउँछ ः अध्यक्ष प्रचण्ड

ठाकुरप्रसाद आचार्य बेनी(म्याग्दी) कार्तिक २७ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष प्रचण्डले जनताले महशुस गर्ने गरी शिंहदरवारको अधिकार गाउँघरमा ल्याएरै छाड्ने बताउनुभएको छ । कर्मचारी समायोजन र आवश्यक ऐननियमहरु समयमा नबन्दा शिंहदरवारको अधिकार जनताले गाउँघरमा नआएको महशुस गरिरहेका वेला अध्यक्ष प्रचण्डले जनतालाई महशुस हुने गरी गाउँघरमा शिंहदरवारको अधिकारी ल्याउने बताउनु भएको हो । पत्नी […]

खोप्रालेकमा निःशुल्क वाईफाईले सवैलाई सुविधा

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज बेनी(म्याग्दी) कार्तिक २६ गते । पोखराकी प्रशन्न खड्का क्षेत्रीले खोप्रालेकबाट सामाजिक सञ्जाल फेसबुकमा धौलागिरी हिमशृङ्खलाको तस्विर पोस्ट गर्नुभयो । त्यस्तै पोखराकै प्रेम कार्कीले पनि अन्नपूर्ण र निलगिरी हिमालको तस्विर पोष्ट गर्नुभयो । लगत्तै क्षेत्री र कार्कीका साथीहरुले कमेन्ट गरे वहा वहा खोप्रामा पनि इन्टरनेट ! क्षेत्री र कार्कीलाई यो सुविधा यहाँ […]

मुटुरोगी नेपालीका लागि जुट्यो करिव पाँचलाख सहयोग

विकल्प न्यूज/बेनी कार्तिक २५ गते । बेनी नगरपालिका १ रत्नेचौर निवासी मुटुरोगी विष्णु नेपालीको उपचारका लागि स्थानीयवासीहरुले करिब पाँचलाख रुपियाँ संकलन गरेका छन् । पारिवारिक अवस्था कमजोरी भएकी कक्षा ८ मा अध्ययनरत १७ वर्षीय युवतीको उपचारमा सहयोग पु¥याउन रत्नेचौर जागरण समुहले विगत दुइ महिना देखि सञ्चालन गरेको आर्थिक संकलन अभियान मार्फत ४ लाख ८२ हजार […]

जन्मदिनमा सहज शिक्षा कोषलाई १० हजार सहयोग

विकल्प न्यूज/बेनी कार्तिक २५ गते ।  पत्रकार महासंघ म्याग्दी शाखाका निर्वतमान अध्यक्ष एवम् सामाजसेवी सुरत केसीले जन्म दिनको अवसरमा आइतवार गरिब र विपन्न बालबालिकाको शिक्षामा सहयोग पु¥याउन १० हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । गरिब, विपन्न, पारिवारिक बिखण्डनका कारण बिचल्लीमा परेका र अनाथ बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उद्देश्यले बेनी नगरपालिका वडा नम्बर ६ ले […]

म्याग्दीका महिलाहरु तिहारलाई झिनिया र सेलरोटी बनाउन व्यस्त

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, कात्तिक २१ । म्याग्दीका महिलाहरुलाई तिहारका लागि झिनिया र सेलरोटी बनाउन टिपाटिप भएको छ । नेपालीहरुको दोस्रो महान् पर्व शुभदिपावली (तिहार) आएलगत्तै उनीहरुलाई झिनिया बनाउने र सेलरोटी पकाउने व्यस्तता थप बढेको हो । सदरमुकाम बेनीबजारदेखि जिल्लाको ग्रामीण भेगका महिलाहरु झिनिया तथा सेलरोटी बनाउने र पकाउने तयारीमा जुटेका छन् । नेपालीहरुमा ठूलो चाड […]

बेनीमा योगसाधना हल निर्माण गर्न देउसी भैलो

विकल्प न्यूज/बेनी कार्तिक २१ गते ।  म्याग्दीको सदरमुकाम बेनीबजारमा योगसाधना हल (योगाश्रम) निर्माण गर्नका लागि देउसी भैलो खेलीएको छ । नवीन आनन्द योग केन्द्र,नेपाल म्याग्दीले योगाश्रम निर्माणका लागि सहयोग जुटाउन तिहारका अवसरमा दैउसी भैलो खेलेको हो । पाँचलाख रुपियाँ सहयोग जुटाउने उद्देश्यले केन्द्रले मालिका गाउँपालिका ७ बिम,मंगला गाउँपालिकाको बावियाचौर,बेनपाको शिङ्गा,गलेश्वर र बेनीबजारमा देउसी भैलो खेलेको केन्द्रका […]