ताजा समाचार:
Search

खोप्रालेकमा निःशुल्क वाईफाईले सवैलाई सुविधा

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
बेनी(म्याग्दी) कार्तिक २६ गते । DSC_0362 (1)पोखराकी प्रशन्न खड्का क्षेत्रीले खोप्रालेकबाट सामाजिक सञ्जाल फेसबुकमा धौलागिरी हिमशृङ्खलाको तस्विर पोस्ट गर्नुभयो । त्यस्तै पोखराकै प्रेम कार्कीले पनि अन्नपूर्ण र निलगिरी हिमालको तस्विर पोष्ट गर्नुभयो ।

लगत्तै क्षेत्री र कार्कीका साथीहरुले कमेन्ट गरे वहा वहा खोप्रामा पनि इन्टरनेट ! क्षेत्री र कार्कीलाई यो सुविधा यहाँ जडान गरिएको फ्रि वाइफाईले दिएको हो । जिल्लाको अन्नपूर्ण गाउँपालिका ५ मा स्थित खोप्राको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर सामाजिक अभियन्ता महाविर पुनले करिव १८ वर्ष अघि वायरलेस(वेतारे) प्रविधिको इन्टरनेट जडान गर्नुभएको हो ।

पर्यटकले मात्र होइन यहाँका चौरी गोठालाहरुले पनि देशविदेशका समाचारहरु एकाविहानै इन्टरनेटको माध्यमबाट पढ्न पाउँछन् । समुन्द्री सतह देखि तिनहजार ६ सय साठी मिटर उचाईमा पनि फ्रि वाइफाईको सुविधा भएपछि पर्यटकहरु उत्साहित हुने गरेको खोप्रा सामुदायिक लजका प्रबन्धक नवीन पुनले बताउनुभयो । देश तथा विदेशका ताजा घटनाहरु सजिलो संग थाहा पाउने गरेका छौं खोप्रा सामुदायिक लजका प्रबन्धक नवीन पुनले भन्नुभयो ‘ यहाँ आउने पर्यटक सूचना सञ्चारबाट बञ्चित हुनुपरेको छैन ।’ इन्टरनेटको सुविधाले सन्सार हेर्न पाउँदा पर्यटकको दिनभरको थकालाई विसाईदिन्छ पुनले भन्नुभयो ।

हिमालको फेदीमै आएपनि घरपरिवार,साथीभाई लगायत सँग सम्पर्कमा रहिरहनु पाउनु खुसीको कुरा भएको पोखराका प्रेम कार्कीले बताउनुभयो । तिव्र गतिको इन्टरनेट निशुल्क रुपमा पाउनु पर्यटकका लागि धेरै राम्रो भएको उहाँको प्रतिक्रिया थियो ।

मैले त पोखरामा रहेको साथी सँग यहाँको मनरोम वातावरणका वारेमा च्याट गर्दे छु,इन्टरनेटमा व्यस्त पोखराकी क्षेत्रीले भन्नुभयो ‘यत्तिको उचाईमा पनि सुविधा पाउनुले मलाई थप रोमाञ्चक बनाएको छ ।’ खोप्रामा भएको सूचना प्रविधिको विकासले प्राकृतिक सुन्दरताहरुलाई अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सूचना आदानप्रदान गर्न निकै सजिलो तुल्याइदिएको छ । इन्टरनेट सेवा सञ्चालनमा आएपछि यहाँ आउने विदेशी पर्यटकहरु संख्यमा बृद्धि भएको सामुदायिक लजका प्रबन्धक पुनले बताउनुभयो ।

हिमालको फेदमा पनि इन्टरनेट सेवा उपभोग गर्न पाएको मा दंग पर्दै पहिलो पटक यहाँ आउनुभएकी बागलुङकी प्रमिला कुँवरले भन्नुभयो ‘अन्य पर्यटकीय स्थलहरुमा पनि यस्तो सुविधाको स्थापना गर्न सके पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने थियो ।’धौलागिरि, अन्नपूर्ण, निलगिरि लगाएतका एक दर्जन हिमालहरु आखै अगाडीबाट अवलोकन गर्न सकिने खोप्रालेकलाई पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्नका लागि स्थानीयबासिन्दा लागि परेका छन् ।

समुदायको जागरुकता देखेर नै महावीरपुनले बेतारे प्रविधिको इन्टरनेट सेवा स्थापना गरिदिएको पाउद्धारका भिमवहादुर पुनले बताउनुभयो । यहाँ रहेको बेतारे सञ्जालको रिले स्टेसनले घोडेपानी, शिख,पाउद्धार, घार र खिवाङ,मुस्ताङ तथा कास्कीको चन्द्रकोटमा सम्पर्क हुन्छ । बेतारे सञ्जालको मुख्य स्टेसन पोखराको नदिपुरमा छ । पोखराबाट नांगीसम्म बेतारे सम्पर्क गर्न ३३ सय मिटरको उचाईमा रहेको महरे डाँडामा एन्टिना स्थापना गरिएको छ । महरेबाट नांगी, राम्चे, लोप्रे, र हिस्तानमा सम्पर्क हुन्छ ।