बेनीमा योगसाधना हल निर्माण गर्न देउसी भैलो

विकल्प न्यूज/बेनी
कार्तिक २१ गते । DSC_0003 म्याग्दीको सदरमुकाम बेनीबजारमा योगसाधना हल (योगाश्रम) निर्माण गर्नका लागि देउसी भैलो खेलीएको छ । नवीन आनन्द योग केन्द्र,नेपाल म्याग्दीले योगाश्रम निर्माणका लागि सहयोग जुटाउन तिहारका अवसरमा दैउसी भैलो खेलेको हो ।

पाँचलाख रुपियाँ सहयोग जुटाउने उद्देश्यले केन्द्रले मालिका गाउँपालिका ७ बिम,मंगला गाउँपालिकाको बावियाचौर,बेनपाको शिङ्गा,गलेश्वर र बेनीबजारमा देउसी भैलो खेलेको केन्द्रका सचिव सुरेन्द्रराज शर्माले जानकारी दिनुभयो ।

बेनी नगरपालिका ८ स्थित म्याग्दी बहुमुखी क्याम्पस भन्दा माथि ६ आना जग्गाको व्यवस्थापन गरिसकेको केन्द्रले रकम अभावका कारण योगसाधना हल निर्माण गर्न कठिनाई भएको योग गुरु नविन जुग्जालीले बताउनुभयो । देउसी भैलोबाट संकलित रकमले हल निर्माण गर्न केही सहयोग मिल्ने अपेक्षा लिइएको उहाँले बताउनुभयो ।

पछिल्लो समय योगप्रति आकर्षण वढेपनि योग साधनाका लागि हलको अभावमा अनेकौं समस्या र चुनौतीहरुको सामाना गर्दै आएको छौं योग गुरु जुग्जालीले भन्नुभयो“ देउसी भैलो मार्फत योगसाधना हल निर्माणका लागि रकम संकलन अभियान सञ्चालन गरेका छौं ।” सकरात्मक कार्यका लागि अभियान सञ्चालन गरेकाले सहयोग गर्न सवैमा अनुरोध समेत उहाँले गर्नुभएको छ ।