ताजा समाचार:
Search

मुटुरोगी नेपालीका लागि जुट्यो करिव पाँचलाख सहयोग

विकल्प न्यूज/बेनी
कार्तिक २५ गते ।46079706_1961341027499356_2235158121083305984_n बेनी नगरपालिका १ रत्नेचौर निवासी मुटुरोगी विष्णु नेपालीको उपचारका लागि स्थानीयवासीहरुले करिब पाँचलाख रुपियाँ संकलन गरेका छन् ।
पारिवारिक अवस्था कमजोरी भएकी कक्षा ८ मा अध्ययनरत १७ वर्षीय युवतीको उपचारमा सहयोग पु¥याउन रत्नेचौर जागरण समुहले विगत दुइ महिना देखि सञ्चालन गरेको आर्थिक संकलन अभियान मार्फत ४ लाख ८२ हजार ६ सय ८३ रुपियाँ जुटेको समुहका उपाध्यक्ष एवम् सहयोग संकलन अभियानका संयोजक मन्नु रावलले जानकारी दिनुभयो । संकलित रकम आइतवार पीडित नेपालीको परिवारलाई हस्तान्तरण गरिएको छ ।

पीडित नेपालीलाई सहयोग जुटाउन संयोजक रावलका साथै स्थानीय हरि खत्री ,जीतबहादुर महत ,बाबुराम बोगटी ,महेन्द्र खत्री, भरत खत्री लगायतको सक्रियतामा उक्त रकम संकलन भएको समुहले जनाएको छ ।

रत्नेचौर घर भई रोजगारीको शिलशिलामा विभिन्न मुलुकमा रहेकाहरुले २ लाख ३० हजार नौसय ४८ रुपियाँ सहयोग गरेको संयोजक रावलले बताउनुभयो । यसै गरि महेन्द्र खत्रीको संयोजकत्वमा हङकङमा १ लाख ७० हजार रुपियाँ संकलन भएको छ । उक्त रकम रत्नेचौर महिला बचत तथा ऋण सहकारीमा जम्मा गरिएको उहाँले जानकारी दिनुभयो । मुटुरोगी नेपालीको उपचारबाट बचेको रकम पीडित नेपालीकै शिक्षा दिक्षामा खर्च गरिने जनाइएको छ ।