ताजा समाचार:
Search

राष्ट्रिय समाचार

म्याग्दीमा एनसेल टावर सुरक्षाका लागि प्रहरी परिचालन

विकल्प न्यूज/बेनी फागुन ११ गते । म्याग्दीका विभिन्न स्थानमा रहेका एलसेल टावरमा आगजनी गर्ने समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ । शुक्रवार राती निजी क्षेत्रको दुरसंञ्चार प्रदायक संस्था एनसेलका पाँच वटा रिपिटर टावरमा अज्ञात समुहद्धारा आगजनी हुँदा टावरमा सामान्य क्षति पुगेको प्रहरी नायव उपरिक्षक महेन्द्र मरासीनीले बताउनुभयो । टावरमा सामान्य क्षति मात्र पुगेको हो मोवाइल सेवा […]

सुदिप रावल स्मृति कोषद्धारा उत्कृष्ट अंक ल्याउने विद्यार्थी पुरस्कृत

विकल्प न्यूज/बेनी फागुन ११ गते । म्याग्दीको बेनीमा स्थापना भएको सुदिप रावल स्मृति कोषले राष्ट्रिय परिक्षा बोर्डले शैक्षिक सत्र २०७४ र २०७५ मा लिएको दश जोड दुई तहको परिक्षामा सहभागी भई उत्कृष्ट अंक ल्याउने म्याग्दीका तीन विद्यार्थीहरुलाई शनिवार पुरस्कृत गरेको छ । वि.स २०६५ फागुन १ गते बागलुङमा सडक दुर्घटनामा परि दिवंगत भएका रावलको स्मृतिमा स्थापना […]

डिएसपी बसुन्धरा खड्का संयुक्त राष्ट्र संघको उच्च पदमा छनोट

विकल्प न्यूज/बेनी फागुन १० गते । नेपाल प्रहरीकी डिएसपी बसुन्धरा खड्का संयुक्त राष्ट्र संघको उच्च पदमा मनोनयन हुनु्भएको छ । इटालीस्थित राष्ट्रसंघको ग्लोबल सर्भिस सेन्टरको प्रि थ्री तहको पदमा उहाँ छनोट भएको हो । पि थ्री तहको पदमा थोरै मात्र प्रहरी अधिकारीहरु पुगेका छन् । इटालीमा उहाँले ट्रान्जिसनल क्राइम अफिसरका रुपमा काम गर्नुहुने छ । विश्वभरीका […]

विद्युतीय पुस्तकालय सञ्चालनका लागि ल्यापटप सहयोग

विकल्प न्यूज/बेनी फागुन १० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ–तातोपानीमा रहेको सर्वोदय माविमा विद्युतीय पुस्तकालय सञ्चालनका लागि एक विदेशी संस्थाले शुक्रबार ल्याप्टप सहयोग गरेको छ । दक्षिण कोरीयाको अम हङ गिल फाउण्डेशनले १७ लाख रुपैयाँ मूल्य बराबरको १९ थान ल्याप्टप कम्प्युटर सहयोग उपलब्ध गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धी पुनले जानकारी दिनुभयो । संस्थाका […]

गिद्धेश्वर महायज्ञमा साढे ५३ लाख रुपैयाँ संकलन

विकल्प न्यूज/बेनी फागुन १० गते । जलजला गाउँपालिका ५ लेकफाँटमा रहेको गिद्धेश्वर शिवालय मन्दिरमा आयोजित श्रीमद् भागवत ज्ञान महायज्ञको छैठौ दिन शुक्रबार सम्म करिब साढे ५३ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । धार्मिक पर्यटकीय सम्भावना बोकेको गिद्धेश्वर शिवालय मन्दिरको संरक्षण र नियमित पुजा सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले फागुन ५ गतेदेखि सुरु भएको […]

दिपक माविको वार्षिकोत्सव

समिर रोका/विकल्प न्यूज पात्लेखेत १० फागुन । बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माविको ६० औ वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार विबिध कार्यक्रम गरेर मनाइएको छ । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयको वार्षिकोत्सवमा नगर शिक्षा अधिकृत विश्वप्रकाश रेग्मीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी लगनशिल, शिक्षक सक्रीय र अभिभावक जिम्मेवार बन्नुपर्ने बताउनुभयो । […]

वुद्ध एकेडेमीले १३ औं अभिभावक दिवस मनायो

विकल्प न्यूज/बेनी फागुन १० गते ।   बेनी नगरपालिका २ बगरफाँटमा रहेको वुद्ध एकेडेमीले शुक्रबार विभिन्न कार्यक्रम गरेर १३ औं अभिभावक दिवस मनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रजिअ लीलाधर अधिकारीले शैक्षिक विकासमा निजी विद्यालयको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले निजी विद्यालयको राम्रा अभ्यासको सामुदायिक विद्यालयहरुले अनुशरण गरेमा शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताउनुभयो […]

चर्पीमा बस्दै आएकी जमुना परिवारलाई डेराको व्यवस्था

विकल्प न्यूज/बेनी फागुन १० गते ।  आफ्ना दुई नातीहरुसँगै विद्यालयको चर्पीका लागि बनाइएको टहरामा बस्दै आएकी बेनी नगरपालिका २ ज्यामरुककोटकी जमुना सुनारलाई डेराको व्यवस्था मिलाइएको छ । बेनी नगरपालिकाको २ नम्बर वडा कार्यालयको पहलमा ७५ वर्षीया जमुना र उनका नातीहरुलाई बसोबासको लागि बगरफाँटमा कोठा खोजेर डेराको व्यवस्था गरिएको हो । साथै ९ वर्षीय एनोस र ७ […]

रघुगंगाको झिँमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटोसहित)

विकल्प न्यूज/बेनी फागुन १० गते । म्याग्दीको रघुगंगा गाउँपालिका ५ झिँमा शुक्रवार देखि अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । रघुगंगा गाउँपालिकाले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसील उद्घाटन गर्नुभयो । प्रतियोगिता उद्घाटन गर्दै जिसस प्रमुख केसीले स्थानीय तहमा आयोजना गरिएको प्रतियोगिताले […]

मंगलाको प्रथम राष्ट्रपति कपको उपाधि महेन्द्ररत्नलाई

सिजन रोका/विकल्प न्यूज बाबियाचौर ९ फागुन । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न अन्तर मावि छात्रछात्रा स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बरंजाको महेन्द्ररत्न माविले जितेको छ । ११ वटा स्वर्ण, ६ वटा रजत र ९ वटा कास्य पदक जितेर पहिलो भएको महेन्द्ररत्नले रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद पचास हजार रुपैयाँ पुरस्कार […]

गिद्धेश्वर महायज्ञको पाँचौ दिनसम्म करिब ३६ लाख संकलन

विकल्प न्यूज/बेनी फागुन ९ गते ।  जलजला गाउँपालिका ५ लेकफाँटमा रहेको गिद्धेश्वर शिवालय मन्दिरमा आयोजित श्रीमद् भागवत ज्ञान महायज्ञको पाँचौ दिन बिहीबार सम्म करिब ३६ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । धार्मिक पर्यटकीय सम्भावना बोकेको गिद्धेश्वर शिवालय मन्दिरको संरक्षण र नियमित पुजा सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले फागुन ५ गतेदेखि सुरु भएको महायज्ञको पाँचौ […]

बेनीमा गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी फागुन ९ गते । म्यादीको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा संचालित प्रतियोगिता ४ दिनसम्म सञ्चालन हुने छ । आठांै राष्ट्रिय खेलकुद २०७५ मा गण्डकी प्रदेशबाट सहभागिता जनाउने खेलाडी छनोटका लागि आयोजना गरिएको प्रतियोगिताको उद्घाटन गण्डकी […]

बेनीमा हुने गण्डकी प्रदेश स्तरीय व्याडमिण्टन छनौट प्रतियोगिताको तयारी पुरा

विकल्प न्यूज/बेनी फागुन ८ गते । म्याग्दी सदरमुकाम बेनीमा विहिवारदेखि सुरु हुने गण्डकी प्रदेश स्तरीय व्याडमिण्टन छनौट प्रतियोगिताको तयारी पुरा भएको छ । ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गण्डकी प्रदेश स्तरीय छनौटको लागि आयोजित प्रतियोगिताको लागी गण्डकी प्रदेशका विभन्नि जिल्लाबाट भाग लिने खेलाडीहरु बेनी आईपुगेका छन् । प्रतियोगिता बेनीको कालिपुल स्थित कबर्डहलमा सञ्चालन हुनेछ । […]

मंगलामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु(फोटोसहित)

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, फागुन ७ गते ।  ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा मङ्गलबारदेखि प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजना र मंगला खेलकुद विकास समिति बाबियाचौरको व्यवस्थापनमा अन्तर माध्यमिक विद्यालय छात्रछात्रास्तरीय प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति […]

सरसफाई गरेर मनाइयो मुदीमा प्रजातन्त्र दिवस (फोटो)

विकल्प न्यूज/बेनी फागुन ७ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीमा ६९ औं प्रजातन्त्र दिवस मनाइएको छ । प्रजातन्त्र दिवसका अवसरमा मुदी स्थित बुद्धि विकास माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरुले गाउँमा सरसफाई गरेर प्रजातन्त्र दिवस मनाएका हुन । विभिन्न नारा लेखिएका प्यलेकार्ड सहितको विद्यार्थीहरुको ¥यालीले गाउँ परिक्रममा पनि गरेको थियो । तस्विर लोकमान चोचाङ्गी