डिएसपी बसुन्धरा खड्का संयुक्त राष्ट्र संघको उच्च पदमा छनोट

विकल्प न्यूज/बेनी
फागुन १० गते । नेपाल प्रहरीकी डिएसपी बसुन्धरा खड्का संयुक्त राष्ट्र संघको उच्च पदमा मनोनयन हुनु्भएको छ । इटालीस्थित राष्ट्रसंघको ग्लोबल सर्भिस सेन्टरको प्रि थ्री तहको पदमा उहाँ छनोट भएको हो ।

पि थ्री तहको पदमा थोरै मात्र प्रहरी अधिकारीहरु पुगेका छन् । इटालीमा उहाँले ट्रान्जिसनल क्राइम अफिसरका रुपमा काम गर्नुहुने छ ।
विश्वभरीका प्रहरीबाट उहाँ सो पदका लागि छनोट हुनुभएको हो। यसअघि राष्ट्रसंघीय शान्ति मिसनमा देखाएको क्षमताका आधारमा उहाँ सो पदमा छनोट हुनुभएको हो । डिएसपी खड्का नेपाल प्रहरीकी क्षमतावान प्रहरी अधिकृतका रुपमा चिनिन्हुन्छ । उहाँका श्रीमान दिलिप घिमिरे पनि नेपाल प्रहरीमा डिएसपी हुनुहुन्छ । म्याग्दी जिल्लामा समेत डिएसपीको भूमिका निर्वाह गरेकी खड्काले स्थानीय तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । जिल्लाका ग्रामिण क्षेत्रसम्म पुगेर महिला तथा बालबालिकाको क्षेत्रमा समेत काम गर्नुभएको खड्काले म्याग्दीबाट आफ्नो सेवामा धेरै सिक्ने अवसर पाएको बताउनुभयो ।