ताजा समाचार:
Search

गिद्धेश्वर महायज्ञको पाँचौ दिनसम्म करिब ३६ लाख संकलन

विकल्प न्यूज/बेनी
फागुन ९ गते ।  जलजला गाउँपालिका ५ लेकफाँटमा रहेको गिद्धेश्वर शिवालय मन्दिरमा आयोजित श्रीमद् भागवत ज्ञान महायज्ञको पाँचौ दिन बिहीबार सम्म करिब ३६ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ ।

धार्मिक पर्यटकीय सम्भावना बोकेको गिद्धेश्वर शिवालय मन्दिरको संरक्षण र नियमित पुजा सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले फागुन ५ गतेदेखि सुरु भएको महायज्ञको पाँचौ दिनसम्म ३५ लाख ८३ हजार ९७१ रुपैयाँ संकलन भएको आयोजकले जनाएका छन् ।

चौथोदिनसम्म बुधबारसम्म ३० लाख ७१ ह्जार ३७० रुपैयाँ संकलन भएको छ । पाँचौ दिन जलजला ५ टिमुराबोटका यमुनादत्त पौडेलले सबैभन्दा बढी ४१ ह्जार १११ रुपैयाँ सहयोग गर्नुभएको मूल आयोजक समितिका भगवान आचार्यले जानकारी दिनुभयो ।

सात दिनसम्म सञ्चालन हुने महायज्ञमा पण्डीत कमलनयन गौतमले धार्मिक प्रवचन गर्नुभएको छ । महायज्ञबाट स्रोत जुटाएर वृद्धाश्रम समेत सञ्चालन गर्ने योजना रहेको छ ।