दिपक माविको वार्षिकोत्सव

समिर रोका/विकल्प न्यूज
पात्लेखेत १० फागुन । बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माविको ६० औ वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार विबिध कार्यक्रम गरेर मनाइएको छ ।

कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयको वार्षिकोत्सवमा नगर शिक्षा अधिकृत विश्वप्रकाश रेग्मीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी लगनशिल, शिक्षक सक्रीय र अभिभावक जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बेनी नगरकार्यपालिकाका सदस्य योगेन्द्रमान गौचन, प्रअ पुषाकुमारी पराजुली, शिक्षक हरि पराजुली र पूर्व विद्यार्थी धनबहादुर रोका (समिर)ले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजित अभिभावकहरुबीचको म्युजीकल चियर प्रतियोगितामा फमाया थजाली प्रथम र कृष्ण शाही दृतीय हुनुभएको थियो । विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षक बिष्णुप्रसाद दुङ्गगानाले आफ्नो २८ औ जन्मदिनको अबसर पारी गरिब तथा जेहेन्दार ५० जना बिद्यार्थीलाई ५००० बराबरको स्टेशनरी साम्रगी बितरण गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ सुवेदीको अध्यक्षता, शिक्षक बिजय सुवेदीको सञ्चालन र शिक्षक अभिभावक संघका अध्यक्ष अर्जुन पराजुलीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।