ताजा समाचार:
Search

बेनीमा हुने गण्डकी प्रदेश स्तरीय व्याडमिण्टन छनौट प्रतियोगिताको तयारी पुरा

विकल्प न्यूज/बेनी
फागुन ८ गते । म्याग्दी सदरमुकाम बेनीमा विहिवारदेखि सुरु हुने गण्डकी प्रदेश स्तरीय व्याडमिण्टन छनौट प्रतियोगिताको तयारी पुरा भएको छ ।
८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गण्डकी प्रदेश स्तरीय छनौटको लागि आयोजित प्रतियोगिताको लागी गण्डकी प्रदेशका विभन्नि जिल्लाबाट भाग लिने खेलाडीहरु बेनी आईपुगेका छन् ।

प्रतियोगिता बेनीको कालिपुल स्थित कबर्डहलमा सञ्चालन हुनेछ । गण्डकी प्रदेश खेलकुद विकास समितिको आयोजना र जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा आयोजित प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कुमार विश्वकर्माले जानकारी दिनुभयो । ४ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ६८ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

विहिवार विहान साढे १० बजे उद्घाटन हुने प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहनुभएका प्रदेश सभा सदस्य विनोद केसीले उद्घाटन गर्नुहुनेछ ।