विद्युतीय पुस्तकालय सञ्चालनका लागि ल्यापटप सहयोग

विकल्प न्यूज/बेनी
फागुन १० गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ–तातोपानीमा रहेको सर्वोदय माविमा विद्युतीय पुस्तकालय सञ्चालनका लागि एक विदेशी संस्थाले शुक्रबार ल्याप्टप सहयोग गरेको छ ।

दक्षिण कोरीयाको अम हङ गिल फाउण्डेशनले १७ लाख रुपैयाँ मूल्य बराबरको १९ थान ल्याप्टप कम्प्युटर सहयोग उपलब्ध गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धी पुनले जानकारी दिनुभयो ।

संस्थाका प्रतिनिधिहरुले विद्यालयमा आयोजित कार्यक्रममा ल्यापटप हस्तान्तरण गर्नुभएको थियो । सो संस्थाले यसअघि विद्यालयको भवन निर्माणमा पनि सहयोग गरेको थियो । भवन लगायत पूर्वाधार र शैक्षिक क्षेत्रमा संस्थाले डेढ करोड रुपैयाँ बराबरको सहयोग गरेको व्यवस्थापन समितिका अध्यक्ष पुनले बताउनुभयो ।