रघुगंगाको झिँमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटोसहित)

विकल्प न्यूज/बेनी
फागुन १० गते ।

म्याग्दीको रघुगंगा गाउँपालिका ५ झिँमा शुक्रवार देखि अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । रघुगंगा गाउँपालिकाले प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसील उद्घाटन गर्नुभयो । प्रतियोगिता उद्घाटन गर्दै जिसस प्रमुख केसीले स्थानीय तहमा आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीहरुमा रहेको खेलकुद प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो ।  उहाँले रघुगंगा गाउँपालिकामा खेलकुदको प्रशस्त सम्भावना रहेको बताउँदै खेलकुदको विकासका लागि पूर्वाधार निर्माण र तालिमको आवश्यकता रहेको बताउनुभयो ।

प्रजिअ लीलाधर अधिकारीले स्वस्थ्य, अनुसाशनका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहने बताउँदै खेल क्षेत्रलाई मर्या्दित, व्यवसायिक र व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । रघुगंगा गाउँपालिकाका अध्यक्ष भण्डारीले रघुगंगामा खेलकुदको विकासका लागि राष्ट्रपति रनिङ्ग शिल्डले सहयोग पु¥याउने बताउनुभयो । अध्यक्ष भण्डारीले आफूले जनप्रतिनिधिको हैसियतमा सरकारबाट पाएको रकम जम्मा गरेको भण्डारी कोषबाट छात्र र छात्रामा उत्कृष्ट हुने एक एक जना खेलाडीलाई पाँच हजार पाँच सय रुपैयाँका दरले र बिजेता विद्यालयलाई दश हजार रुपैयाँ उपलब्ध गराउने बताउनुभयो । कार्यक्रममा गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक तथा पिप्लेका वडा एवम गाउँपालिकाका प्रवक्ता अध्यक्ष जिवनकुमार मल्ल, नेपाली काँग्रेसका प्रतिनिधि एवम गाउँपालिलका अध्यक्ष भण्डारीका प्रमुख सल्लाहकार केवी भण्डारी, जिल्ला खेलकुद विकास समितिका सदस्य सुदिप मल्लले रघुगंगा गाउँपालिकाले शिक्षा, स्वास्थ्य र खेलकुदको विकासमा गरेको पहल प्रसंसनीय रहेकोमा जोड दिनुभयो ।  भलिबल र एथलेटिक्स खेलको २४ वटा बिधामा प्रतिस्र्धा हुने प्रतियोगितामा ९ वटा माध्यमिक र १ वटा आधारभुत विद्यालयले सहभागिता जनाएका छन । ८०० मिटर दौडको उद्घाटन खेलको छात्र, छात्रा तर्फ पिप्लेको रघुगंगा मावि बिजयी भएको थियो ।

८०० मिटर दौडको छात्रतर्फ रघुगंगा माविका तोपेन्द्र मल्ल प्रथम, जनता मावि दग्नामका निर्मल गर्बुजा द्धितिय र महादेव मावि बेगका सुसन फगामी तृतीय भएका छन । ८०० मिटर दौडको छात्रातर्फ रघुगंगा माविको कक्षा ७ की १२ वर्षीय करुणा भण्डारी प्रथम, मुक्तिधाम मावि भगवतीकी समुना मल्ल द्धितिय र ज्ञानोदय माविकी अनुसाकुमारी कार्की तृतीय भएका छन् ।   दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता, उपबिजेता र तृतीय हुने विद्यालयलाई रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित तीस हजार, बीस हजार र दश हजार रुपैयाँ पुरस्कार प्रदान गरिने गाउँपालिका शिक्षा शाखाका सह संयोजक दुतबहादुर गर्बुजाले बताउनुभयो । छात्र/छात्रा भलिबल र एथलेटिक्समा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयलाई ८ हजार, छ हजार र चार हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । एथलेटिक्सको प्रत्येक बिधामा प्रथम, द्धितिय र तृतीय हुनेलाई प्रत्येक खेलाडीलाई नगद पाँच सय, तीन सय र दुई सय रुपैयाँका दरले पुरस्कृत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।  गाउँपालिकाका अध्यक्ष भण्डारीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत रमेश थापाको स्वागत मन्तब्य र शिक्षा शाखाका संयोजक बालकृष्ण उपाध्यायको सञ्चालनमा उद्घाटन समारोह सम्पन्न भएको थियो । प्रतियोगितामा गाउँपालिका भित्रका ११ विद्यालयहरुले भाग लिएका छन् । 

ठाकुरप्रसाद आचार्य