गिद्धेश्वर महायज्ञमा साढे ५३ लाख रुपैयाँ संकलन

विकल्प न्यूज/बेनी
फागुन १० गते । जलजला गाउँपालिका ५ लेकफाँटमा रहेको गिद्धेश्वर शिवालय मन्दिरमा आयोजित श्रीमद् भागवत ज्ञान महायज्ञको छैठौ दिन शुक्रबार सम्म करिब साढे ५३ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ ।

धार्मिक पर्यटकीय सम्भावना बोकेको गिद्धेश्वर शिवालय मन्दिरको संरक्षण र नियमित पुजा सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले फागुन ५ गतेदेखि सुरु भएको महायज्ञको छैटौ दिन मात्रै १८ लाख रुपैयाँ भन्दा बढी सहयोग जुटेको छ ।हालसम्म ५३ लाख ४५ हजार ६५२ रुपैयाँ संकलन भएको आयोजकले जनाएका छन् । लेकफाँटमा जन्मिएर हाल खैरहनी चितवन निवासी श्रीलाल सुवेदीले तीन लाख ३३ हजार ३३३ र महायज्ञ मुल आयोजक समितका अध्यक्ष सुवेदार भिमबहादुर जिसीले दुई लाख ५० हजार रुपैया सहयोग गर्नुभएको थियो ।

शनिबारसम्म सञ्चालन हुने महायज्ञमा पण्डीत कमलनयन गौतमले धार्मिक प्रवचन गर्नुभएको छ । महायज्ञबाट स्रोत जुटाएर वृद्धाश्रम समेत सञ्चालन गर्ने योजना रहेको छ ।